arrow

सीमा मिचिएको स्थानमा दवाव दिन नेविसंघ जाने

logo
प्रकाशित २०७४ माघ ८ सोमबार
nc-nsu-flag.jpg.jpeg

काठमाडौं। नेपाली काँग्रेसको भातृ संस्था नेविसंघले वीरगञ्जमा भारतले मिचेको सीमाको स्थलगत अवलोकन गर्दै दवाव अभियान गर्ने भएको छ। 

केन्द्रिय समितिको प्रतिनिधिमण्डल सहित पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका १ स्थित छपकैयामा भारतले सीमा मिचेको स्थानको अवलोकनका र दबावका लागि जान लागेको नेविसंघका अध्यक्ष नैनसिंह महरले जानकारी दिए । 

अबलोकनपछि समस्या समाधानका लागि नेपाल सरकारलाई दबाब दिने र भारत सरकारलाई राजदूतावासमार्फत ज्ञापन पत्र बुझाउने उनले बताए । नेविसंघले गत माघ ५ गते नेपाली सीमाको रक्षा गर्न भन्दै काठमाडौँमा र्याली निकालेको थियो।

दीर्घकालीन समाधानका लागि बंगलादेश र भारतको जस्तै वैज्ञानिक सीमाङ्कन पद्धती अपनाउनुपर्ने भन्दै उनले बारम्बार सीमा मिचिरहने भारतीय प्रवृत्ति नेपाली युवाहरुका लागि सह्य नहुने चेतावनी दिए । 

नेपालप्रतिको हेपाहा प्रवृत्तिले भारत स्वयमं विश्व समुदायमा उदांगो बन्दै गएको केन्द्रीय सदस्य तारक केसीले बताए। नाकाबन्दीको घाउ सेलाउन नपाउँदै यस्तो हस्तक्षेपको नीति लिनु भारतका लागी समेत प्रत्युतपादक छ उनले जोडे ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १ को छपकैयामा पर्ने जंगे पिलर ३९१ को ३८ र ३९ तथा ३९२ को ७, ८, ९ ,१० , २७ र २८ नम्बरको सहायक पिलर नेपालतर्फ परेपछि बर्षौदेखि भोग चलन गर्दै आएको करिब ५० बिघा नेपाली भूमी भारततर्फ पर्न गएको स्थानीयवासीले दाबी गर्दै आएका छन् । 

सीमामा हराएका र जीर्ण भएका सीमा स्तम्भ (पिलर) मर्मत र निर्माणका क्रममा ५० विगाहा जमिन भारतले आफ्नोतर्फ लिएको भन्दै चौतर्फी विरोध भइरहेको छ ।
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ