arrow

अप्रिलदेखि भारतमा बढ्दैछ मोटरसार्इकलको भाउ, नेपालमा पनि असर पर्ने

logo
प्रकाशित २०७४ माघ ८ सोमबार
bike.png

काठमाडौं । हीरो मोटोकर्प, होन्डा, यामाहा, बजाज, सुजुकी, रोयल एनफिल्ड जस्ता दुर्इ पाङ्ग्रे  सवारी निर्माता कम्पनीहरुले मोटरसार्इकल तथा स्कूटरको मूल्य २०१८ को अप्रिलदेखि बढाउन लागेका छन् । भारत सरकारले सुरु गर्न लागेको सीबीएस अर्थात् कम्बी ब्रेकिङ्ग सिस्टमका कारण मूल्य बढ्न लागेको उत्पादकहरुले जनाएका छन् । यो नियम  १२५ सीसीदेखि कम इन्जिन रहेको बाइकमा लागू हुने बतार्इएको छ । यसका साथैं १२५ सिसि  भन्दा बढी इन्जिन वाला बाइकमा भने एबीएस दिनु अनिवार्य बनार्इएकोले मूल्य बढ्ने भएको हो ।

यो नियम ३१ मार्च २०१८ पछि लन्च हुने दुर्इ पा‌ङ्ग्रे मोटर्समा लागू हुने बतार्इएको छ । यही सरकारी व्यवस्थाका कारण उपभोक्ताहरुले भने सवारी खरीद गर्दा बढी शुल्क तिर्नु पर्ने भएको छ । भारतबाट मोटरसाईकल भित्र्याउने नेपालमा पनि भारतमा मूल्य बढेपछि स्वतः रुपमा मूल्य समायोजन हुनेछ । 

उदाहरणको लागि रोयल एनफिल्ड पहिलेदेखि नै यूरोपियन बाजारमा एबीएस प्रणाली अनुसार मोटरसाइकल निर्यात गर्दै आएको थियो । यहाँसम्मकी हिमालयन ४ लाई समेत उसले यूरोपमा एबीएस प्रणाली अनुसार नै  निर्यात गर्दै आएको छ । यसैमा सीबीएस तथा एबीएस फिचर्सले भारतीय मोटरसार्इकलार्इ सजिलै धेरै देशमा विश्वास गर्न सकिने खालको हुने दाबी भारतको छ ।  

एबीएसको मोटरसाइकलमा जोड्दा १० हजारदेखि २० हजार भारतीय रुपैयाँसम्म बढ्ने बतार्इएको छ। सीबीएस एबीएसको तुलनामा केही सस्तो मानिएको छ । यसमा लाग्ने कूल खर्च एक हजार रुपैयाँ देखि २ हजार बढ्ने भएपनि उत्पादकहरुले भने यही मौकामा मोटरसार्इकलको समेत मूल्य बढाउन लागेका हुन् । 

होन्डाको ऐक्टिवा रेन्ज स्कूटर्समा सीबीएस पहिलेदेखि नै राखिएको थियो । यो प्रणालीले सिङ्गल ब्रेक लीवरलार्इ थिच्ने वित्तिकै सीबीएस फ्रन्ट तथा रियर ब्रेक्सलार्इ सक्रिय बनार्इदिने भएकोले यो अरु भन्दा बढी सुरक्षित मानिन्छ । यसबाट ब्रेक चाहिने भन्दा पनि बढी मजबूत हुने मानिएको छ । एबीएस अर्थात् ऐन्टी लकिंग ब्रेकिंग सिस्टम यसमा ब्रेक लक हुन्छ। यो सिस्टम वर्षाको मौसममा बढी प्रयोगमा आउने मानिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ