arrow

अधिकारी दम्पतीले गरे बिद्यालयलाई डेढ लाख सहयोग

logo
दीपक अधिकारी।
प्रकाशित २०७४ माघ ८ सोमबार
adhikari-family.jpg

बेसीशहर । बिदेश गएपछि पनि मातृभुमीलाई सम्झेर योगदान गर्नेहरुकै लहरमा लमजुङको सुन्दरबजार कुन्छा घर भई हाल अमेरिकाको कोलोराडोमा शहरमा बस्दै आएका कृष्णप्रसाद अधिकारी र अनुपमा शर्मा थपिएका छन्।

परोपकारी कार्यमा रमाउने यो दम्पतीले हालै लमजुङको सुन्दरबजार नगरपालिका कुन्छा स्थित शान्ती माध्यामिक बिद्यालयलाई नगद १ लाख ५० हाजार सहयोग गरेका छन्। 

दिबंगत हजुरबुवा धर्मदत्त अधिकारी तथा हजुरआमा कौशल्यवती अधिकारीको नाउँमा गरिब तथा जेहनदार बिद्यार्थीहरुका लागि १ लाख ५० हजार रकमको अक्षयकोष स्थापना भएको हो। 

बिद्यालयमा स्थापना भएको अक्षयकोषको ब्याजले बिद्यालयमा अध्ययनरत गरीब तथा जेहनदार बिद्यार्थीलाई छात्रबृत्ति बितरण गरिने बिद्यालयले जनाएको छ । 

यता अक्षयकोष स्थापना गर्नुहुने कृष्णप्रसाद अधिकारीले आफुले दिएको सानो सहयोगले बिद्यार्थीमा केही परिवर्तन आउने आशले सहयोग गरेको बताएका छन् । 

‘यही ठाउँमा जन्मियौं, पढेर अहिले यो ठाउँमा आईपुगेका छौं, उनले भने, ‘हामीले मातृभुमी बिर्सनुहुँदैन ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ