arrow

लोएड पोप जसले लिए विश्वकपको एकै खेलमा ८ विकेट 

logo
प्रकाशित २०७४ माघ ९ मंगलबार
lloyd_pope.JPG

क्विन्सटाउन । अष्ट्रेलियन बलर लोएड पोपले यु–१९ विश्वकप क्रिकेटको एकै खेलमा ८ विकेट लिएका छन् । 

क्विन्सटाउनमा भएको क्वार्टरफाइनल खेलमा पोपले इंगल्यान्ड विरुद्ध ३५ रन खर्चेर ८ विकेट लिएका हनु् । 

खेलमा पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ३३.३ ओभरमा अलआउट हुँदै १२७ रन बनायो । 

जवाफमा इंगल्याण्ड २३.४ ओभरमा ९६ रनमा अलआउट भयो । 

पोपले किर्तिमान बनाउने क्रममा ९.४ ओभरमा २ मेडन राख्दै ३५ रन खर्चेर ८ विकेट लिएका हुन । 

उनले किर्तिमान मात्र बनाएनन् टिमलाई ३१ रनले जिताए पनि । 

जितसंगै अष्ट्रेलिया सेमिफाइनलमा पुगेको छ । पोपले आफूलाई शेन वार्न मन पर्ने बलर भएको बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ