arrow

मनोज गजुरेलले दिएको यातना सहन नसकेर डिभोर्स गरेको मीनाको साविती वयान  

logo
प्रकाशित २०७४ माघ ९ मंगलबार
manoj-gajurel-meena-dhakal.jpg

काठमाडौं। कलाकार मनोज गजुरेलसँग हालै डिभोर्स गरेकी मीना ढकालले आफ्नो डिभोर्स हुनुको वास्तविकता खुलासा गरेकी छिन् । गत पुस ११ गते डिभोर्स गरेकी मीनाले डिभोर्सको मुख्य कारण मनोजले दिने गरेको मानसिक र शारीरिक यातना रहेको बताइन् । 

आफूले डिप्रेसनको औषधी सेवन गर्न लगाएर पागल भएको पुष्टी गर्न मनोजले धेरै प्रयास गरेपनि आफूले त्यो नमान्दा धेरै नै मानसिक र शारीरिक यातना दिएको बताइन। 

सम्बन्धविच्छेद पछि पनि मीनाको मुहारमा चमक आउन सकेको छैन । औषधि खाँदा खाँदा थलिएकी मीना अझै पनि मानसिक रुपमा भने विचलित नै देखिन्छिन् । उनले आफूलाई गलत औषधी खुवाउन लागिपर्नेहरुलाई कानूनी उपचारका खोज्ने बताएकी छिन् । 

मनोजविरुद्ध मीनाका थुप्रै आरोपहरु छन् । श्रीमान श्रीमति भएपछि घर परिवारमा खटपट हुने सामान्य कुरा हो । तर, डिभोर्ससम्म पुग्नु पक्कै पनि दुखद् पक्ष हो । सहदा सहदा असैह्य अवस्था भएपछि सहमतिमै सही भन्दै डिभोर्स गरेको उनले बताइन् । मनोजले विगत २ वर्षदेखि आफूलाई डिप्रेसनको औषधि सेवन गर्न बाध्य पारेको आरोप लगाइन् । 

नेपालमै प्रतिबन्धित औषधी डाक्टरले प्रयोग गर्न दिएर आफ्नो स्वास्थ्यमा गम्भीर खेलवाड गरेको समेत उनको आरोप छ । उक्त औषधिले महिनावारीका बेला अत्याधिक रक्तश्राम हुने गरेका र स्वास्थ्यमा गम्भीर समस्या निम्तिएको उनले पीडा बाँडिन।   

मीनाले भनिन्– ‘घर व्यवहार सुध्रिएला र छोराछोरीको भविष्य राम्रो बन्ला भन्ने विचार गरेर पहिलो चरणमा मनोजले जे–जे भन्यो त्यही मानेँ, उसले भनेकै औषधी खान थालेँ ।’ सामान्य अवस्थामा पनि मलाई डिप्रेसनको शिकार बनाइयो । 

पहिलेको डाक्टरले रिफर गरेको औषधीकै कारण दुई वर्ष थला परेको दुःखद वेदना उनले सुनाइन् । डाक्टरले स्वास्थ्यको सामान्य परीक्षण नै नगरी दिएको औषधि एक पटक खाँदा नै बेहेस हुन्थेँ, दुई वर्षसम्म कति पटक वेहोस भएँ पत्तो छैन उनले भनिन । 

मलाई केही छैन भन्दा पनि पटक पटक अस्पताल जाने, चेक गराउने, मानसिक तथा शारीरिक यातना दिने काम कैयौं पटक भयो । घरपरिवार र छोराछोरीको भविष्यलाई सम्झेर भए पनि मैले नकार्न सकिँन । 

फेरि अर्को पटक मनोजले उपचारका लागि भन्दै ग्राण्डी अस्पताल लगे । मानसिक रोग विशेषज्ञ डा. अनुराग मिश्रले चेकजाँच गरेपछि त्यस्तो कुनै विरामीको लक्षण देखिएन । 

यस अघि कुन औषधि प्रयोग गर्नुभएको भन्ने डाक्टरको प्रश्नमा पहिलो पटक त मनोजले औषधिका नाम नै खुलाउन चाहेनन् । 

लामो करकापपछि औषधिको नाम भनेपछि डाक्टरले मनोजलाई गाली गर्न थाले । मीनाले भनिन बल्ल उनले नाम बताउन इन्कार गरेको कुरा थाहा पाए। कारण उक्त औषधि नेपाल प्रतिवन्धित गरिएको रहेछ ।

यो अन्तरालमा दिदीसँग पाटन अस्पतालमा पुगेर चेकजाँच गर्दा पनि कुनै रोग नभएको प्रष्ट भएपछि आफूलाई मानसिक रोगको औषधि सेवन गराउन बाध्य पारिएको मीनाले वेदना सुनाइन् । 

मनोजले आफूलाई ‘स्लो’ बनाएर घरभित्रै सीमित राख्न खोजेको आरोप मीनाको छ। 

पछिल्लो पटक गत स्थानीय तहको निर्वाचन ताका मेरो मतदाता नामावली काठमाडौंमै भए पनि विराटनगर पठाइयो । 

माइत जान पाउने भएपछि खुशी भएर गएँ । महिनावारी भएपछि म १५ दिनजति त्यही थलिएँ । ब्लिडिङ निरन्तर भइरह्यो । 

विराटनगर बस्दा झन शिथिल बन्दै गएँ । यो सबै त्यही प्रतिवन्धित औषधि सेवनको असर हो भन्ने मलाइ थाहा भयो । मेरो माइती पक्षलाई यी सबै कुरा थाहा थिएन । 

बाबाले एक्कासी तँ विरामी छस्, उपचारका लागि दिल्ली जाउँ भन्ने कुरा भनेपछि म छाँगाबाट खसे झैँ भए । 

यता मनोजले भने मरो माइती पक्षलाई ४–५ महिनादेखि टर्चर दिइरहेको रहेछन् । 

डिप्रेसन भएको हुँदा करेन्ट लगाउनुपर्नेसम्मको अवस्था आइसकेको छ । जसरी पनि दिल्ली लगेर उपचार गराउनुपर्छ भन्ने रहेछन् । 

यी यातनाहरु सहन नसकेर अन्ततः अदालतको बाट रोजेको मीनाले बताइन् ।

लोग्नेसँग छुट्टिएर बस्न मन त कुन श्रीमतीलाई हुन्छ र ? तर लोग्नेसँग बस्ने नाममा यातना सहेर कति दिन बस्नु भन्ने निष्कर्ष निकालेपछि आफू पनि अलगै बस्ने मनस्थित बनाएर अलग भए। उनलाई ज्यानै दिएको थिए। तर तर प्राण लिन खोजे। त्यसो अवस्थामा उनीसँग अलग बस्नु नै हितकर ठाने। 

अब वानेश्वरमा एक बुटीक सञ्चालन गरेर बस्ने गरि काम शुरु गरेको उनले सुनाइन। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ