arrow

वादी समुदाय मुआब्जाबाट वञ्चित

logo
प्रकाशित २०७४ माघ ९ मंगलबार
jajarkot.png

जाजरकोट । नलसिंङगाड जलविद्युत् आयोजनाका डुबान प्रभावित क्षेत्रका वादी समुदायले मुआब्जा पाउन सकेका छैन्न ।

नलगाड नगरपालिका–१ दल्लीका १८ घरपरिवार वादी समुदाय मुआब्जा पाउनबाट वञ्चित भएका हुन् । त्रिभुवन उच्च मावि दल्लीको खातामा १८ घरपरिवारको मुआब्जा रकम निकासा भए पनि तीन वर्षदेखि सो रकम वादी समुदायले पाउन सकेको छैन ।

विद्यालयले सो रकम वादी समुदायलाई दिन आनाकानी गदै आएको छ । लामो समयदेखि वादी समुदाय विद्यालयको जमिनमा घर निर्माण गरि बस्दै आएको छ । सो समुदाय बसेको जमिन विद्यालयले आफ्नो नाममा लिएपछि विद्यालयको नाममा नलसिंङगाड जलविद्युत् आयोजनाले रकम निकासा गरेको छ । अहिले सो क्षेत्र आयोजनाले लिएपछि वादी समुदाय घर न घाटको अवस्थामा छ ।

वादी समुदायसँग एक टुक्रा जमिन छैन् । आयोजना र विद्यालयले वादी समुदायलाई मुआब्जा दिने निर्णय गरे पनि तीन वर्षदेखि सो रकम नदिँदा समस्या भएको हो । वादी समुदाय अहिले जीवन निर्वाहका लागि दल्लीमा दैनिक माछा मार्दै आएको छ ।

नलगाड सरोकार समितिका अध्यक्ष तथा जाजरकोट क्षेत्र नं १ का सांसद गणेशप्रसाद सिंहले वादी समुदायलाई तत्काल मुआब्जा दिन आग्रह गरे। पहिले गरेका सहमति पालन गर्न समेत उनले आग्रह गरे। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ