arrow

एनआईसी एशियाको शाखा झापाको धुलाबारी र काकरभिट्टामा

logo
प्रकाशित २०७४ माघ ९ मंगलबार
opeming_ceremony_Photo.JPG

काठमाडौं ।  एनआईसी एशिया बैंकको २ नयाँ शाखाहरु, मेचिनगर नगरपालिका वडा नं. १०, झापा स्थित काकरभिट्टा र मेचिनगर नगरपालिका वडा नं. ०६, झापा स्थित धुलाबारी मा सोमवार एक समारोहका बिच् औपचारिक रुपमा उद्घाटन गरिएको छ । धुलाबारी शाखा र काकरभिट्टा शाखाको औपचारिक उद्घाटन   मेचीनगर नगरपालिकाका मेयर विमल आचार्यले गरे ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआईसी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । उल्लेखित २ शाखा कार्यालयहरुको समुद्घाटन सँगै हाल यस बैंकले अधिराज्यभर १५७ शाखा कार्यालयहरु, १४६ एटिएम एवंम् ४ एक्स्टेन्सन  काउन्टरहरुबाट ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।

 बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ