arrow

प्रदेश १ : मतदाता नामावलीमा दाबी विरोध परेन

logo
प्रकाशित २०७४ माघ ९ मंगलबार

विराटनगर ।  यही माघ २४ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि १ नं प्रदेश मतदाता नामावली प्रकाशनमा कसैको दाबी विरोध परेको छैन् ।

दाबी विरोधका लागि यही माघ ८ गतेसम्म समय रहेको कुनै दाबी विरोध नपरेको १ नं प्रदेश मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत नवराज दुलालले बताए । मंगलवार साँझ ५ बजे अन्तिम मतदाता नामावली प्रकाशन हुने उनले जानकारी दिए ।

यसैगरी माघ १० गते बिहान १० देखि ४ बजेसम्म राष्ट्रिय सभा उम्मेदवार मनोनयन दर्ता गरिनेछ भने साँझ ४ देखि ५ बजेसम्म उम्मेदवार दर्ता सूची प्रकाशन गरिनेछ ।

यस्तै माघ ११ र १२ गते बिहान १० देखि ५ बजेसम्म उम्मेदवारी विरोधमा दाबी विरोधमा उजुरी दर्ता गर्न सकिनेछ । यही माघ १३ गते १० देखि ५ बजेसम्म उम्मेदवारविरुद्ध दाबी विरोध उपर निर्णय लिने र माघ १४ गते १० देखि १ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने सहायक निर्वाचन अधिकृत दुलालले जानकारी दिए ।

यसैगरी माघ १५ गते दिउँसो १ देखि २ बजेसम्म उम्मेदवार नामावली फिर्ता दिने, ३ देखि ४ बजेसम्म राष्ट्रिय सभा सदस्य उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने र साँझ ४ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने अधिकृत दुलालले बताए । माघ २४ गते बिहान १० देखि ३ बजेसम्म राष्ट्रिय सभा सदस्यको निर्वाचन हुनेछ ।

प्रदेश नं १ मा २७४ जना स्थानीय निकायका प्रमख र उपप्रमुख र प्रदेश सभा सदस्य ९३ गरी जम्मा ३६७ सदस्यले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदान गर्नेछन् ।  १ नं प्रदेशमा तीन महिला, तीन अन्य, एक दलित, एक अपांग वा अल्पसङ्ख्यक सदस्य गरी जम्मा आठजना राष्ट्रिय सभा सदस्य पदमा निर्वाचित हुनेछन् ।

यही माघ २४ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि दुईवटा मतदान केन्द्र राखिएको छ भने प्रत्येक केन्द्रमा ११ जना कर्मचारी खटाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ