arrow

आयोजक सहारालाई हराउँदै सुदूरपश्चिम ११ विजयी

logo
प्रकाशित २०७४ माघ ९ मंगलबार
sahara.JPG

पोखरा । योजक सहारा क्लबलाई ३–० गोलले हराउँदै सुदूरपश्चिम ११ ले आहा राराको गोल्डकपको १६ औँ संस्करणको विजयी शुरुवात गरेको छ ।

बुधवार भएको प्रतियोगिताअन्तर्गत सुदूरपश्चिमका लागि धनबहादुर थापाले खेलको २५ औँ मिनेटमा गोल गरेका थिए । त्यस्तै खेलको ७८ औँ मिनेटमा सुदूरपश्चिमका मनिराम चौधरीले गोल गर्दै अन्तरलाई दोब्बर बनाए ।

खेलको थप समयमा सुदूरपश्चिमकै राकेश हमालले गोल गर्दै विजय सुनिश्चित गराएका थिए ।  मंगलवारको खेलमा सुदूरपश्चिमका मनिराम चौधरी उत्कृष्ट खेलाडी घोषित बने।  प्रतियोगितामा आधा दर्जनभन्दा बढी अवसर पाए पनि सहाराका खेलाडीले गोल गर्न सकेनन् ।

सहाराका प्रशिक्षक किरण श्रेष्ठले धेरै अवसर पाए पनि खेलाडीहरू गोल गर्ने अवसरबाट चुकेको बताए । सुदूरपश्चिम ११ का प्रशिक्षक सुरेश हमालले आजको खेलमा विजयी बन्दा हर्षित बनेको बताउँदै आगामी खेलमा अझै उत्कृष्ट प्रदर्शन गर्ने दाबी गरे।

बुधबार भारतको सिक्किम युनाइटेड र धरान फुटबल क्लबबीच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ । सहारा क्लबले सञ्चालन गर्दै आएको एकेडमीको सहयोगार्थ सहारा क्लबले आहा रारा गोल्डकप प्रतियोगिता आयोजना गर्दै आएको छ ।

प्रतियोगिताको आज आयोजित उद्घाटन समारोहमा पोखरा लेखनाथ महानगरपालिका प्रमुख मानबहादुर जिसीले पोखरामा यस किसिमको प्रतियोगिता हुनु आफैँमा महत्वपूर्ण रहेको बताए ।  पोखरामा खेलकुदको विकासका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।

आहा रारा गोल्ड कप प्रतियोगिताका विजेताले रु सात लाख र उपविजेताले रु तीन लाख ५१ हजार प्राप्त गर्ने छन् । हिमश्री फुड्स प्रालिको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा दर्शक आकर्षित गर्न प्रवेश टिकटमा भाग्यशाली दर्शकलाई हिरो ड्यास स्कुटर दिइने आयोजकले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ