arrow

विधान नमान्ने घोषणा गरेका पूर्व अध्यक्षहरुको उक्साहटमा महास‌ंघ-चेम्बर विवाद !

logo
प्रकाशित २०७४ माघ ९ मंगलबार
fncci-building-teku-11.gif

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र महासंघको जिल्ला चेम्बरको रुपमा रहेको नेपाल चेम्बरबीच अहिले विवाद चुलिएको छ । नेपाल चेम्बरले पनि नेपाल उद्योग वाणिज्य महासंघको जस्तै संरचनामा चेम्बरलाई लैजाने घोषणा गरेसँगै महासंघले चेम्बरलाई पत्र लेखेर स्पष्टीकरण सोधेको समाचार सार्वजनिक भईरहेको छ । महासंघले सोधेको उत्तर चित्त बुझ्दो नभए महासंघले चेम्बरको सदस्यता खारेजसम्म गर्नसक्ने अधिकार महासंघले राखेको छ । अहिले चर्चामा आएको कुरा अहिलेको विवादको कुरा नभएर यो विवादलाई कसले उचालिरहेको छ भन्ने तिर सोझिएको छ । 

२०२२ सालमा महासंघको छत्रछायाँमा बसेको नेपाल चेम्बर अहिलेसम्म समयसमयमा यसरी नै कोही कसैले विवाद सिर्जना गर्नेबाहेक महासंघको मातहतमा नै रहँदै आएको छ । यसमा विवादलाई नेतृत्वले समाधान गर्दै चेम्बरभित्रको विवाद मिलाउँदै आएको भएपनि यस पटकको यो विवादले उग्र रुप लिने देखिएको छ । 

यसरी चेम्बर र महासंघको विवादमा पूर्व अध्यक्षहरु मुछिएका छन् । गत महिना पूर्व अध्यक्षहरुको टोलीलिएर पूर्व अध्यक्षहरुको नेतृत्व गर्दै सुरज बैद्य ओलीलाई भेट्न गएको भन्ने समाचार आएसँगै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले ओलीलाई भेट्न गएका पूर्व अध्यक्षहरुलाई घरमा नै निम्तो दिएकी थिईन् ।

उनले बोलाएको सो बैठकमा जम्मा ४ जना पूर्व अध्यक्षहरु सुरज बैद्य, विनोद बहादुर श्रेष्ठ, रविभक्त श्रेष्ठ र पद्म ज्योति उनको निवासमा पुगेका थिए । उनीहरुसँग अध्यक्ष राणाले पूर्वअध्यक्ष परिषद् गठनको औचित्य के हो भनेर प्रश्न गरेकी थिईन् । उनीहरुले अहिलेको महासंघको विधानमा आफूहरु सहमत नभएको बताएका थिए ।  

जवाफमा अध्यक्ष राणाले आवश्यकता अनुसार विधान संशोधन गर्न पनि सकिने जनाएकी थिईन् । उनीहरुले आफूहरु महासंघको समानान्तर समिति नभएको भन्दै परिषद्ले महासंघको काममा कुनै बाधा नपुर्याउने प्रतिवद्धता व्यक्त गरेका थिए । उनीहरुले महासंघलाई आफ्नो काममा क्रियाशिल हुन आग्रह गर्दै आवश्यक परे परिषद् सहयोग गर्न समेत तयार रहेको पनि बताएका थिए । 

यसरी सो बैठकमा नै महासंघको नेतृत्व पंक्तिलाई असहयोगको संकेत देखाएका पूर्व अध्यक्षहरुकै व्यवहारले लाभ पाएको चेम्बरले महासंघलाई असहयोग हुनेगरी नयाँ संरचना खडा गरिएको छ । महासंघ स्रोतका अनुसार अहिले चेम्बरलाई हिम्मत दिने काम यिनै पूर्व अध्यक्षहरुले गरिरहेका छन् । उनीहरुले महासंघको विधान नमान्ने भनेर त यस अघि नै खुल्ला अभिव्यक्ति दिईसकेका थिए । तिनै पूर्व अध्यक्षहरुले महासंघमा चेम्बर कार्ड फालिरहेको आरोप छ । 

आरजु राणाको माध्यमबाट प्रधानमन्त्री शेर बहादुर देउवा निकट मानिएकी भवानी राणालाई असहयोग गरेर आसन्न एमाले नेतृत्वको सरकारबाट सहयोग लिनको लागि पनि अहिलेको महासंघ नेतृत्वलाई असहयोग गरिरहेको आरोप पनि पूर्व अध्यक्षहरुमाथि लाग्ने गरेको छ । गत मंसिर २५ गते नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्षहरु एउटा नयाँ संगठन बनाएर सम्भावित प्रधानमन्त्रीका उम्मेदवार केपी ओलीलाई बधाई दिन पुगेकोबाट पनि यस विषय केही पुष्टि हुन्छ ।

त्यसको अघिल्लो दिन मात्रै उनीहरुले पूर्वअध्यक्ष सुरज बैद्यको नेतृत्वमा पूर्व अध्यक्ष परिषद् भनेर एउटा संस्था पनि गठन गरेका थिए । उनीहरुले सो संस्थाको तर्फबाट केपी ओलीलाई भेटेको भोलिपल्ट नै माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई पनि भेट गरेका छन् । तर, उनीहरुले काँग्रेस सभापति एवं प्रधानमन्त्री देउवालाई भने भेट गरेनन् । एकपटक देउवालाई भेट्न खोज्दा देउवाको समय नमिलेको र पछि समय मिल्दा उनीहरु सबै भेला नभएको बहाना बनाएर देउवालाई भने उनीहरुले भेटेका थिएनन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ