arrow

बन्ने भयो थ्री इडियट्स सिक्वेल

हिरानीले मलाई थ्री इडियट्सको सिक्वेलको बारेमा इशारा दिएका छन्

logo
प्रकाशित २०७२ माघ १५ शुक्रबार
3-idiots-2.jpg.jpeg
मुम्बई । बलिउडका मिस्टर परफेक्सनिष्ट आमिर खान र निर्देशक राजकुमार हिरानीले फिल्म ‘थ्री इडियट्स’को सिक्वेल बनाउने योजनाको पुष्टि गरेका छन् । हिरानीको आउन लागेको फिल्म ‘साला खडुस’को विशेष प्रदर्शनको मौकामा नयाँदिल्लीमा आएका आमिरले भने,‘हिरानीले मलाई थ्री इडियट्सको सिक्वेलको बारेमा इशारा दिएका छन् र अहिले म तपाईलाई त्यही इशारा दिईरहेको छु, उहाँ जसै पटकथा लेख्नुहुन्छ, अनि फिल्म बन्न शुरु हुन्छ, म त्यो आशा पर्खेर बसेको छु ।’

हिरानीले पनि आफुलाई ६ महिना अगाडि नै फिल्म बनाउन विचार आएको बताएका छैन् । ‘अभिजात जोशी र मैले यो कुरामा केही दिन अघि काम पनि गरें र आमिरलाई यो बारेमा बताएँ । उनी निकै उत्साहित थिए, तर अगाडि केही हुन सकेन । यो एक लामो यात्रा हो, यो फिल्मलाई म वास्तवमै बनाउन चाहन्छु ।’हिरानीले भनेका छन् । 

नयाँदिल्लीमै फिल्म ‘दंगल’को सुटिङमा व्यस्त आमिर थ्री इडियट्स निर्देश तथा सह अभिनेता आर माधवनको फिल्म ‘साला खडुस’को प्रचारका लागि आएका थिए । दंगल र साला खडुस खेलमा आधारित फिल्म हुन् ।
दंगलमा आमिर पहलवान र साला खडुसमा माधवन बक्सरका कोचको रुपमा छन् । माधवन र सरमन जोशीका साथ २००९ मा आएको फिल्म थ्री इडियट्समा आमिरले इञ्जिनियरिङ विद्यार्थीको भूमिकामा अभिनय गरेका थिए । यो फिल्मले बक्स अफिसमा सुपरहिट व्यापार गरेको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ