arrow

फरार नवराज सिलवाल ट्वीटरमा जवाफ दिइरहेका छन्, फेरि के भने ? 

logo
प्रकाशित २०७४ माघ १० बुधबार
Screenshot-silwal-g.png

काठमाडौं । प्रतिनिधिसभा सदस्यमा ललितपुर १ का लागि एमालेबाट निर्वाचित सांसद एवं पूर्वडीआईजी नवराज सिलवालको ‘खोतजलास’ मा प्रहरी संगठन असफल भएको छ । 

कहिले नेपालमै त कहिले विदेशमा रहेको भन्ने जानकारी पाएको जनाउने नेपाल प्रहरीले उनीबारे यकिन बताउन सकेको छैन । 

उनलाई पक्राउ गर्न यसअघि प्रहरी प्रधान कार्यालयले सातै प्रदेशका प्रहरी कार्यालयमा पत्राचार गरेको थियो ।

प्रहरी महानिरीक्षक बन्न किर्ते कार्यसम्पादन मूल्यांकन पेस गरेको अभियोगमा सिलवाल छानबिनमा तानिएका हुन् ।

कार्यसम्पादन मूल्यांकनमा किर्ते भएको बारे सर्वोच्च अदालतले छानबिन थाल्न आदेश दिएलगत्तै महानगरीय प्रहरी परिसर, काठमाडौंमा उनीविरुद्ध मुद्दा दर्ता भएको थियो ।

यसअघि प्रहरी परिसर काठमाडौंले पुस १८ मा सिलवाललाई उपस्थित गराउन भन्दै प्रहरी परिसर, ललितपुरका नाममा पत्र काटेको थियो । ललितपुर प्रहरीले सिलवालको ठेगानामा उनी नभेटिएको, तर खोजी जारी रहेको जवाफी पत्र पठाएको थियो ।

सिलवालले भने सामाजिक संजाल ट्वीटरमार्फत सरकारलाई जवाफ दिइरहेका छन् । कहिले प्रतिशोध साँध्नका लागि आफूलाई कार्वाही गर्न खोजिएको भनेका हुन्छन् भने कहिले सरकारले कानुनी राज्यको धज्जी उडायो भनिरहेका हुन्छन् । 

मंगलबार राति पनि उनले फेरि अर्को ट्वीट गरेका छन् । 

उनले लेखेका छन्, ‘जसरी निर्दोषलाई ज्ञान हुन्छ, सत्य–तथ्यमा आधारित छानविनले नै सबै प्रश्नको सहि उत्तर दिन्छ, त्यस्तै अपराधीले पनि निष्पक्ष छानविन हुँदा आफु फसिने बुझेको हुन्छ र त्यहिंबाट सुरू हुन्छ अफवाहपूर्ण कुप्रचार सहितको कसैलाइ फसाउने प्रपन्च ! सत्य दुइटा हैन एउटा मात्रै हुन्छ। झुठो टिक्दैन !’

एउटा पूर्व प्रहरी अधिकारीले कानुनी कुराहरु यसरी राखिरहेको छ । तर त्यसको सामना गरेर कानुनी उपचार खोज्न डराइरहेका छन् । 

कतै उनले भनेझैं सत्य एउटै भएर त हैन ? प्रश्नको जवाफ दिन उनी अगाडि आइरहेका छैनन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ