arrow

चिलिमे जलबिद्युतमा अनियमितता, कुलमानले पठाएपछि सञ्चालकहरू बेलायत शयरमा

logo
विष्णु खनाल,
प्रकाशित २०७४ माघ १० बुधबार
chilime-kulman.jpg

काठमाडौं । हाल चिलिमे जलविद्युत् कम्पनी अन्तर्गतका सान्जेन, माथिल्लो सान्जेन, रसुवागढी र मध्यभोटेकोशी आयोजना निर्माण भइहेको छ । 

चिलिमे जलविद्युत् कम्पनीद्वारा निर्माणाधीन यी चारवटै जलविद्युत् आयोजना व्यवस्थापनका कारण समस्यामा पर्न थालेका छन् ।

रसुवागढी,सान्जेन, माथिल्लो सान्जेन र मध्यभोटेकोशी चारवटा आयोजनाबाट २७० मेगावाट विजुली उत्पादन हुन्छ । 

रसुवा जिल्लामा रहेको रसुवागढी जलविद्युत् कम्पनी अन्तर्गतको रसुवागढी आयोजना वाट १११ मेगावाट, सिन्धुपाल्चोक जिल्लामा रहेको मध्यभोटेकोशी जलविद्युत् कम्पनी अन्तर्गतको मध्यभोटेकोशी आयोजना वाट १०२ मेगावाट सान्जेन अन्तर्गतको अपर सान्जेनवाट १४.८ मेगावाट र सान्जेनवाट ४२.५ मेगावाट जलविद्युत उत्पादन क्षमता रहेको छ । 

यी आयोजनाहरु निर्माण भइरहँदा यसको प्यारेन्ट कम्पनीका सञ्चालकहरुको गलत नियतले अहिले कम्पनीलाई दुहुनो गाई बनाएका छ्न् । 

रसुवागढी जलविद्युत कम्पनीको १४७ औं संचालक समितिको बैठकले ईपिसि सिविल कन्ट्रायाक्टको माइलस्टोन कण्डीसन नै परिवर्तन गराउने निर्णयबाट यसका सञ्चालकहरु कसरी चिलिमेलाई दुहुन सकिन्छ भनेर लागिपरेको प्रष्ट भएको छ। 

बिशेष गरि विओक्यू अर्थात विल अफ क्वान्टीटी मूल मर्म विपरित ठुला आर्थिक चलखेलका कारण परिवर्तन गरिएको छ । 

ठेकेदार, संचालक समिति , कम्पनीको सिईओ समेतको संलग्नतामा विओक्यूमा परिवर्तन गरिएको पाइएको छ । 

परामर्शदाता एसएमईसी अस्ट्रेलिया मिलेमतोमा  विओक्यूमा परिवर्तन गरि ठूलो आर्थिक घोटाला भएको अख्तियारमा उजुरी परेतापनि सत्यतथ्य छानविन हुन सकेको छैन । 

विओक्यूमा परिवर्तन गरे वापत संचालकहरुलाई विदेश घुम्न पठाइएको छ। यस बापत कम्पनीलाई एक करोड भन्दा बढीको क्षति पुगेको छ ।  

यतिखेर चिलिमेका सहायक कम्पनीमार्फत निर्माणाधीन सान्जेन र माथिल्लो सान्जेन आयोजनाको प्रगति अवस्था कमजोर छ । 

कुल ५७ दशमलव ३ मेगावाट क्षमताका ती दुवै आयोजनाको विद्युत् खरिद सम्झौता अनुसार सन् २०१५ मा नै सम्पन्न भइसक्नुपर्नेमा तीन पटक म्याद थप भइसकेको छ । 

तीन पटक म्याद थप गर्दा पनि कहिले ती आयोजना सम्पन्न हुने अझै निश्चित छैन । 

हचुवाको भरमा विदेशी परामर्शदाताको सिफारिसअनुसार डिजाइन परिवर्तन गरेको कारण विद्युत गृह निर्माणको टुंगो लागेको छैन । विगत एक वर्षदेखि नै काम अलपत्र अवस्थामा छ ।

चिलिमेमा चरम भ्रष्टाचार, जनताको पैसामा लण्डन भ्रमण नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ चिलिमे जलविद्युत् आयोजनामा विवादमा तानिएका छ्न्। 

घिसिङले जनताको रगत र पसिनाबाट बनेको चिलिमे जलविद्युत आयोजनाको दुरुपयोग गरेको आरोप लागेसँगै उनी विवादमा तानिएका हुन। घिसिङ आफैं चिलिमे जलविद्युत आयोजनाको सञ्चालक समितिका अध्यक्ष हुन् । 

घिसिङकै अध्यक्षतामा बसेको सञ्चालक समिति बैठकले चिलिमेकै खर्चमा सञ्चालक समितिका सबै सदस्यलाई आईएसओ (इण्टरनेशनल अर्गनाइजेसन अफ स्ट्याण्डर्डाइजेसन) को तालिम लिन भन्दै लण्डन भ्रमण गर्न जान दिने निर्णय गरेको छ । 

त्यस्तो तालिम नेपाल र भारतमै दिइन्छ । तर, घिसिङले सञ्चालकहरुलाई लण्डन पठाएका हुन् ।  

उक्त निर्णयअनुसार सञ्चालक समितिका सदस्यहरु तुल्सीराम ढकाल, रामप्रसाद रिमाल, भीमप्रसाद तिमिल्सिना, प्रसाद तामाङ, चिलिमेका सीईओ दामोदरभक्त श्रेष्ठ र कम्पनी सचिव नारायणप्रसाद आचार्य अहिले चिलिमेको खर्चमा लण्डन यात्रा पुरा गरी फर्किसकेका  छन् । 

प्राधिकरण स्रोतका अनुसार दोस्रो चरणमा सञ्चालक समितिका अन्य सदस्यहरु हरराज न्यौपाने, मनोज सिलवाल, शान्तिलक्ष्मी शाक्य र लेखनाथ कोइराला लण्डन जानेछन् । 

दुवै टोलीको सबै खर्च चिलिमेको आम्दानीबाट गरिनेछ । दुई लटका लागि करोडौं रुपैयाँ खर्च हुनेछ । उनीहरु त्यहाँ तालिमभन्दा पनि घुमफिरमा व्यस्त रहेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ