arrow

सहिद सप्ताह सुरु, मेयर शाक्य भन्छन् – ९७ सालको घटनाले सात सालको क्रान्ति सफल भएको हो 

logo
प्रकाशित २०७४ माघ १० बुधबार
sahid-saptaha.jpg

काठमाडौं । सहिद सप्ताह सुरु भएको छ । सरकारले माघ १० गतेदेखि माघ १६ गतेसम्म सहिद सप्ताह मनाउँदै आएको छ । 

माघ १६ गते भने सरकारले सार्वजनिक विदा दिँदै आएको छ । विसं १९९७ सालको माघ महिनामा शहादत प्राप्त चार सहिदहरुको सम्झनामा सहिद सप्ताह मनाउने गरिन्छ । 

यसैबचि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले चार सहिदहरुको बलिदानीले २००७ सालको क्रान्ति सफल भएको बताएका छन् । 

सहिद सप्ताह मूल समारोह समितिका संयोजक शाक्यले बधबार बिहान शुक्रराज शास्त्रीले सहादत प्राप्त गरेको टेकु खरिबोटमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै अहिले प्राप्त स्वतन्त्रतापछाडिको योगदान विर्सन नहुने बताए । 

आर्थिक समृद्धि र सामाजिक रुपान्तरणमा धेरै उपलब्धी प्राप्त भएको भन्दै मेयर शाक्यले यी उपलब्धीको संस्थागत एवं सदुपयोगले सहिदहरुप्रति सच्चा श्रद्धाञ्जली हुने भनाइ राखे । 

२०१२ सालदेखि विद्यमान महानगरको संयोजकत्वमा मनाइँदै आएको सहिद सप्ताह अन्तर्गत यस बर्षका कार्यक्रमको पहिलो दिन माघ १० गते बिहान टेकुको खरिवोटमा शुक्रराज शास्त्रीले अमरत्व प्राप्त गरेको स्थानमा श्रद्धाञ्जली सभा आयोजना गरिएको हो । विहानैदेखि परेको झरीको पर्वाह नगरी श्रद्धाञ्जली सभामा महानगरका अधिकारीसँगै आर्य समाजका पदाधिकारीहरुको बाक्लो उपस्थिति थियो ।

सहिद सप्ताहका बाँकी कार्यक्रमहरुमा माघ १३ गते सिफलमा, माघ १५ गते शोभा भगवतीमा र माघ १६ गते सहिद स्मारक लैनचौर श्रद्धाञ्जली सभा हुनेछ । 

साप्ताहिक कार्यक्रम अन्तर्गत महानगरले स्वास्थ्य शिविर तथा विद्यालयस्तरीय वक्तृत्वकला कार्यक्रमको आयोजना गर्ने जनाएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ