arrow

राष्ट्रिय सभाको प्रदेश १, २ र ३ मा काँग्रेसका को को उम्मेदवार ? 

logo
प्रकाशित २०७४ माघ १० बुधबार
congress-flag.jpg

काठमाडौं । नेपाली काँग्रेसले राष्ट्रिय सभाको निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएर उम्मेदवारी दर्ता प्रक्रियामा लागेको छ । 

ढिला गरी काँग्रेसले उम्मेदवार टुंगो लगाएको हो । प्रदेश १ बाट खुल्लामा रमेशजंग रायमाझी, महिलामा सरिता प्रसाई, दलितमा दिलकुमार विश्वकर्मा र अल्पसंख्यकमा महेश जाजी रहेका छन् । 

प्रदेश २ मा काँग्रेसले संघीय समाजवादी फोरम र राजपा नेपालसंग गठबन्धन गरेको छ । जसअनुसार काँग्रेसका २ जना उम्मेदवार परेका छन् । जितेन्द्र देव र मुक्ताकुमारी यादव उम्मेदवार भएका छन् । 

त्यसैगरी प्रदेश ३ मा खुल्लातर्फ राधेश्याम अधिकारी(काठमाडौं), महिलामा धना खतिवडा (ललितपुर), अपांगतामा मदनकृष्ण श्रेष्ठ (भक्तपुर) र दलितमा हरिषरण नेपाली रहेका छन् । 

काँग्रेसले अन्य प्रदेशको भने मंगलबार नै टुंगो लगाएको थियो । 

उम्मेदवारी दर्ताको समय अपरान्ह ४ बजेसम्म रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ