arrow

राजश्व छलिको आरोपमा सोनाम कम्पनीमा सबै कागजात नियन्त्रणमा 

logo
प्रकाशित २०७४ माघ १० बुधबार
sonam.png

काठमाडौं । राजश्व अनुसन्धान विभागले राजश्व छलिको आरोपमा सोनाम गियर्स कम्पनीमा छापा मारेको छ । गत विहीबार विभागबाट खटिएको टोलीले काठमाडौं उपत्यकामा रहेका सबै विक्री केन्द्रहरुबाट आवश्यक कागजात नियन्त्रणमा लिएर अनुसन्धान गरिहेको छ । 

विभागले सो कम्पनीले कर छलि गरेको भन्ने सूचनाको आधारमा कम्पनीमा छापा मारेको जनाएको छ । विभागका प्रवक्ता शेखर पौडेलले राजश्व छलिको उजुरीपछि काठमाडौंमा रहेका सातवटै विक्री केन्द्रमा छापा मारेर सबै कागजातहरु नियन्त्रणमा लिएको जानकारी दिए । उनले यस विषयमा अनुसन्धान जारी रहेकोले थप जानकारी दिन नसक्ने प्रतिक्रिया दिए । स्रोतका अनुसार सरसरती हेर्दा कम्पनीले करोडौं रुपैयाँ कर छलि गरेको भेटिएको छ ।  

कम्पनीले भने यस विषयलाई स्वीकार गरेको छैन । कम्पनीको कुमारीपाटी जावलाखेल विक्री केन्द्रका इन्चार्ज समित लामाले राजश्वले कर छलि गरेको भन्ने कुरा तथ्यहीन रहेको प्रतिक्रिया दिए । उनले आफ्नो विक्री केन्द्रमा सिलबन्दी नगरेको भन्दै राजश्वले छापा मारेको भए सिलबन्दी गर्नुपर्ने तर्क गरे । 

कम्पनीले काठमाडौंको नारायणथानमा रहेको मुख्य कार्यालय सहित ठमेल, बौद्ध, सुन्धारा, कुमारीपाटी लगायत ७ ठाउँमा रहेका विक्री केन्द्रमा नै छापा मारेको थियो । कम्पनीले अहिले केटाको लागि सर्ट, टिसर्ट, ज्याकेट ट्राउजर र महिलाको लागि ज्याकेट, पाइन्ट सर्ट टिसर्ट र व्याग समेत विक्री गर्दै आएको छ । सबैतिर आफ्नै विक्री केन्द्र मार्फत् मात्रै विक्री गर्ने गरेको सो कम्पनीको काठमाडौं बाहेक पोखरामा दुई विक्री केन्द्र रहेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ