arrow

२१ केजी भन्दा वढि मात्राको चरेस सहित एक जना नियन्त्रणमा

साउन यता छ पटक चरेस बरामद

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७४ माघ १० बुधबार
cheresh.JPG

बझाङ ।  जिल्ला प्रहरी कार्यालय बझाङले मंगलबार साँझ २१ केजी आठ सय ग्राम चरेस बरामद गरेको छ । दुर्गाथली गाँउपालिका वडा नं ६ चुहावन का बर्ष ३० कलक जाग्रीले बिक्रि बितरण गर्न लैजादै गरेको अवस्थमा केदारस्यूँ गाउपालिका १ स्थित बगाडा नजिकै लागुऔषध (चरेस) बरामद गरेको हो ।
 
लागुऔषध (चरेस) बिक्री बितरणका लागी बाहिरी जिल्ला लैजादै गरेको अबस्थामा जिल्ला प्रहरी कार्यालय बझाङका ईनिस्पेक्टर माधव बिश्वकर्माको टोलीले उक्त चरेस सहित जाग्रीलाई नियन्तणमा लिएको हो । बिशेष सुचनाको आधारमा प्रहरीले उक्त चरेस बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरिक्षक माधब बिश्वकर्माले बताए । उनले भने चरेस आउदै छ भन्ने सुचना हामीले पायौ र प्रहरी परिचालन गरि हामीले बरामद गरेका हौ । ‘चरेस कहाँ को कसरी उत्पादन हुन्छ त्यसको जरा सम्म पुग्ने छौ प्रहरी नायब उपरिक्षक बिश्वकर्माले बताए । उनले  भने नियन्तणमा लिएका जाग्रीलाई लागुऔषध दुरबेसन सम्बन्धी ऐन २०३३ अनुसार कार्वाही हुनेछ । १० केजी भन्दा माथी चरेस ओसारपसार तथा बिक्री बितरण गर्ने लाई ६ बर्ष देखि १५ बर्ष सम्म कैद सजाय हुने कानुनी ब्यबस्था छ । १० केजी  गएको साउन यता मात्रै छ पटक गरि ८० केजी चार सय ग्राम सहित ८ जना लाई प्रक्राउ गरिएको छ ।

 सात नम्बर प्रदेशको सबै भन्दा बढी चरेस उत्पादन गर्ने जिल्लाका रुपमा चिनिने यस जिल्लामा बर्षेनी चरेश बरामदका घटनाहरु हुने गरेका छन् । गएको भदौ २५ गते छबिस पाथीभेरा गाँउपालिकाको भाडे बजारमा ४५ केजी चरेशसहित दुई जना पक्राउ परेका थिए । भने असोज ७ मा बुगंल नगरपालिका ३ बिजगडामा १ केजी ५ सय ग्राम सहित एक जना पक्राउ त्यसै गरि गएकै असोजमा चिरबिथ्थड गाँउपालिका ३ स्याडीमा ५सय ग्राम सहित दुई जना पक्राउ, गएको कात्तिक १२ गते दुर्गाथली गाँउपालिका २ मोरी बगरमा ४ केजी ५ सय ग्राम सहित दुई जना पक्राउ त्यसैगरि गएको पुस १८ गते जयपृथ्बी नगरपालिका ११ भोपुरमा ७ केजी एक सय ग्राम सहित एक जना पक्राउ परेका छन् भने मंलबार केदारस्यूँ गाउपालिका १मा २१ केजी आठ सय ग्राम गरि ८० केजी चार सय ग्राम चरेस बरामद  गरिएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ