arrow

२ नम्बरकाे प्रदेश सरकारमा कांग्रेससँग सहकार्य हुन्छ : राजपा महासचिव (कुराकानीसहित)

logo
प्रकाशित २०७४ माघ १० बुधबार
manish.JPG

राजपा महासचिव मनिष सुमनले राष्ट्रियसभाको निर्वाचनमा कांग्रेससँग तालमेल गरेको मधेशी गठबन्धनले प्रदेश सरकार निर्माणमा पनि सहकार्य हुनसक्ने बताए । संविधान संशोधनमा अनुदार बनेको एमालेसँग सहकार्य कठिन हुने नेता सुमनले बताए । राष्ट्रियसभा निर्वाचन र २ नम्बर प्रदेश सरकार निर्माणका विषयमा हामीले राजपा महासिचव मनिस सुमनसँग हामीले स‌ंक्षिप्त कुरा गरेका छाै ।

० वाम गठबन्धनसँग कुरा नमिलेपछि कांग्रेससँग तालमेल गर्नुभयो होइन ?
– वाम गठबन्धनसँग सहजै मिल्न कठिन छ । खास गरेर नेकपा एमालेले हामीमाथि पीडादायक काम गरेका छन् । कहिले छाला, कहिले लगाएको लुगाका विषयलाई लिएर हामीलाई गाली गरे । संसदीय व्यवहारमा पनि एमालेको बेग्लै किसिमको थियो । मधेशवादी दलहरु केही होइनन भन्ने खालको थियो । संविधान संशोधनको विषयमा पनि एमाले अनुदार बन्यो ।

० राज्य पुनर्संरचनाको कुरा एमालेले सुन्न चाहेन ?
– एमालेले संविधान संशोधनमा सकरात्मक छौं भन्यो, तर प्रतिबद्धता गर्दैन, लिखत केही दिँदैनौं भन्यो । त्यत्ति भनेपछि हामी उहाँहरु कार्यगत एकता गर्न चाहेनौं । उहाँहरुले नै वार्तामा बोलाउनुभएको हो । राष्ट्रियसभामा एक सिटका खातिर हामीले इमान बेच्न चाहेनौं ।

० भोलिका दिनमा पनि कांग्रेससँगै हिड्ने संकेत हो यो ?
– त्यो सम्भावना निर्माण भएको छ । केन्द्रीय सरकारमा नजाऔ भन्ने हामीमा जनादेश छ । २ नम्बर प्रदेशमा तिमीहरु मिलेर सरकार बनाउ भन्ने जनादेश छ । हिजोसम्म मधेश गठबन्धनसँग ठ्याक्क बहुमत थियो । १ सय ७ मध्ये ५४ जना निर्वाचित भएर आएका थिए । तर अंक गणित मिलेर सरकार चलाउन चुनौतिपूर्ण नै थियो । नेपाली कांग्रेससँग भएको सहमतिले केही सहज भएको छ ।

० २ नम्बर प्रदेश सरकार निर्माणमा कांग्रेसलाई सहभागी गराउनु हुन्छ ?
– संघीय समाजवादी र राष्ट्रिय जनता पार्टी मिलेर सरकार बनाउँछ । सरकारमा नेपाली कांग्रेस पनि सहभागी हुनसक्छ भन्ने कुरा राष्ट्रियसभा निर्वाचनमा तालमेलबाट संकेत मिलेको छ । तर यसबारे वृहद् छलफल हुन बाँकी छ ।

० प्रदेशको सरकार निर्माणमा कसरत सुरु भएको हो ?
– मुख्यमन्त्री र अन्य विषयमा हामीले छलफल गर्न पाएका छैनौं ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ