arrow

आगलागी हुँदा सेल्फी लिँदै जनप्रतिनिधि

logo
तेजन खड्का,
प्रकाशित २०७४ माघ १० बुधबार
aaglagi.png

उर्लाबारी ।  सेल्फीका कारण मानिसमा मानवीय संवेदना घट्दै गएको छ । यो विभिन्न अध्ययनहरूले देखाएको कुरा पनि हो । मानिसहरूको सेल्फी मोहले समाजमा नकारात्मकता बढ्दै गइरहेको छ । यस अघि पनि शवसँग सेल्फी लिइरहेका घटना बाहिर नआएको होइनन् ।

प्रविधिले नै मानिसलाई आत्मकेन्द्रित र एक्लो बनाउँदै लगेको छ। यसको प्रयोगले अशोभनीय र मानिसको संवेदनालाई कम गर्दै लगेको पाइन्छ।  सेल्फी कै कारण उर्लाबारी—३ का जनप्रतिनीधि वडा सदस्य सोमप्रसाद तिम्सिनाको निक्कै आलोचना भएको छ । उर्लाबारी–२ का हेमचन्द्र थापाको घरमा मंगलबार बिहान ९:३० बजे आगलागी हुदा १५ लाख बराबरको क्षति भयो ।

आगलागीको समयमा जनप्रतिनिधिहरू आगो निभाउन व्यस्त भइरहदा नेपाली कांग्रेसबाट वडा नम्बर–३ का वडा सदस्य भएका सोमप्रसाद तिम्सिना राम भने सेल्फी हान्न ब्यस्त देखिए । र, उनको निक्कै आलोचना भयो । मानवीय विपत्तिका बेला तिम्सिनाले आफ्नो फेसबुकमा पोष्ट गरेको सेल्फीको आलोचना भएको हो ।

स्थानियवासीले आगो निभाउनुको सट्टा सेल्फीमा व्यस्त भएको भन्दै उनले फेसबुकमा पोष्ट गरेको तस्बिरमा निक्कै नराम्रा टिकाटिप्पणी गरे ।

 
जनप्रतिनिधिले मानविय विपत्तिमा सहयोग गर्नुपर्ने कि सेल्फी लिनुपर्ने हो ? त्यति पनि हेक्का राख्न नसक्ने कस्तो जनप्रतिनिधि ? उनको व्यवहारका कारण सामाजिक संजालमा उनको आलोचना भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ