arrow

बुटवलमा शुरु भयो तेस्रो जुत्ता मेला, १ करोड कारोबारको लक्ष्य

logo
प्रदीप आचार्य,
प्रकाशित २०७४ माघ १० बुधबार
jutta-mela.jpg

बुटवल । रुपन्देहीको बुटवलमा आज(बुधबार ) देखी जुत्ता मेला शुरु भएको छ । नेपाल युवा उद्यमी मञ्चको आयोजना र नेपाली जुत्ता घरको सहआयोजनामा बुटवलको बालमन्दिरमा आजदेखि शुरु भएको मेला तेस्रो जुत्ता मेला हो ।

नेपाल युवा उद्यमी मञ्चको आयोजना र नेपाली जुत्ता घरको सहआयोजनामा बुटवलको बालमन्दिरमा माघ १० गतेदेखि १८ गते सम्म दोस्रो जुत्ता मेला हुन लागेको हो।

मेलाको उद्घाटन गर्दै पूर्व बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष शुरेन्द्र श्रेष्ठले यो मेलाले यस क्षेत्रका ब्यक्तिको लागी पनि स्वदेशी उत्पादनको बारेमा जानकारी गराउनुपर्न बताए । उनले यो मेला ब्यवसायी तथा उपभोक्ता सबैको लागी फलदायी रहेको बताए ।

उद्घाटन कार्यक्रममा बोल्दै  नेपाली जुत्ता घरका अध्यक्ष होमनाथ उपाध्यायले बोल्दै मेलाले ब्यवसायी तथा उपभोक्तालाई स्वदेशी उत्पादन प्रयोगमा ल्याउनको लागी उपयोगी हुने बताए ।

उनले आफ्ना उत्पादन उपभोक्ता संग प्रतक्ष पुर्‍याउनको लागी मेलाको महत्व रहेको बताए ।

कार्यक्रममा बोल्दै नेपाल युवा उद्यमी मञ्चका अध्यक्ष सुवोद्धमान सैजुले नेपाली जुत्ताचप्पलको प्रबद्र्धनका लागि जुत्ता मेलाको आयोजना गरिएको बताए। मेलामा रु ७० देखि ७० प्रतिशतसम्म छुटको व्यवस्था गराइएको उनले बताए।

मेलामा १ सयदेखि १० हजार रूपैयाँसम्मका जुत्ता चप्पल बिक्रीमा राखिने आयोजकको भनाई छ।

कार्यक्रममा बोल्दै बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खेम हमाल, रुपन्देही उद्योग संघका अध्यक्ष गणेश अधिकारी , रुपन्देही व्यापार संघका अध्यक्ष पदम श्रेष्ठ ,  बुटवल उपमहानगरपालिका वडा नम्बर ५ का अध्यक्ष तेज प्रसाद बिक लगायतले बोल्दै  रोजगारीको लागी कैयौँ युवा बाहीर जानु पर्ने अवस्था अन्त्य गर्न जरुरी रहेको बताउँदै युवाको लागी काम गर्न आवश्यक रहेको बताए ।

नेपाली जुत्ता बलियो र गुणस्तरिय भएपनि विदेशी जुत्तालाई विश्वास गर्ने भएकाले स्वदेशी बस्तुको प्रयोगमा पनि जोड दिनुपर्ने आयोजकको भनाई छ ।

मेलामा शिखर सुज, विएफ डियरहिल सुज, क्रस रोड, शु ल्याण्ड, हाईलाईफ, रोयल शुज ब्राण्डका जुत्ताहरू मेलामा राखिने छ। मेलामा १ करोड बराबरको कारोबार हुने लक्ष्य आयोजकले बताएको छ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ