arrow

तत्काल पैसा नदिए निर्माण व्यसायीले सडक विभाग घेर्ने

logo
प्रकाशित २०७४ माघ १० बुधबार
FCAN.JPG

काठमाडौं ।  नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलले सडक विभाग अन्तर्गत आह्वान भएका विभिन्न निर्माण कार्यहरु सम्बन्धित् निर्माण व्यवसायीहरुले समयमै सम्पन्न गरेता पनि बजेट निकासा नभएको भन्दै चिन्ता व्यक्त गरेको छ ।

बुधवार सडक विभागका महानिर्देशक गोपाल सिग्देललाई भेटी महासंघ प्रतिनिधिमण्डलले बजेट निकासा नभएका कारण व्यवसायीहरु ठूलो आर्थिक मारमा परेको भन्दै समस्या समाधानका लागि ठोस पहल गरिदिन आग्रह समेत गरेको छ ।

व्यवसायीहरुले पाउनु पर्ने भण्डै ३० अर्ब भन्दा बढि रकम हाल सम्म सडक विभागबाट भुक्तानी नभएको भन्दै महासंघ प्रतिनिधिमण्डलले  भुक्तानीको व्यवस्थाका लागि पहल गरिदिन महानिर्देशक सिग्देल समक्ष आग्रह गरेको हो ।

नुवाकोट डिभिजन सडक कार्यालयबाट मात्रै झण्डै ५४ करोड भन्दा बढि भुक्तानी हुन बाँकी रहेको तथा काठमाडौं महानगरपालिका अन्तर्गत विस्तारित सडक निर्माण बापत्को झण्डै ७५ करोड भन्दा बढि भुक्तानी हुन बाँकी रहेको  महासंघले जनाएको छ ।

 तत्काल रकम निकासा नभए सशक्त आन्दोलनमा जानुको विकल्प नभएको महासंघ प्रतिनिधिमण्डलले जानकारी गराएको छ । प्रतिनिधिमण्डलमा महासंघका अध्यक्ष विष्णुभाई श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष लक्ष्मण कुमार राना, उपाध्यक्षद्धय रुद्र शर्मा, तेज कुरुम्बाङग, महासचिव रामशरण देउजा, उपमहासचिवद्धय विष्णु बुढाथोकी, सूर्य तिमिल्सिना लगायतको सहभागिता रहेको थियो ।  

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ