arrow

रामेछापको उत्तरी क्षेत्रमा बर्षातसँगै भारि हिमपात

logo
वद्री नयाँघरे,
प्रकाशित २०७४ माघ १० बुधबार
snows.JPG

रामेछाप। अकस्मात रुपमा शुधवार विहान देखी परेको अविरल वर्षात सँगै परेको हिमपातका कारण रामेछापको उत्तरी क्षेत्रका भुकम्प पिडीतहरुको जनजीवन प्रभावित भएको छ। वुधवार विहान देखी परेको वर्षात र हिमपातका कारण रामेछापको उत्तरी क्षेत्र अन्तर्गत उमाकुण्ड गाउँपालीका अन्तर्गत गुम्देल, वाम्ती, प्रिती, चुचुरे ठोसे लगाएतमा वसोवास गर्ने सर्वसाधारणहरुको विचल्ली भएको छ।

त्यसैगरी पश्चिमी क्षेत्र अन्तर्गत दोरम्वा गाउँपालीका अन्तर्गत डडुवा र दोरम्वामा परेको हिमपातले त्यस क्षेत्रमा वसोवास गर्ने भुकम्प पिडीतहरुको विचल्ली भएको। वर्षात सँगै हिमपातका कारण वढेको चिसोले गर्दा सर्वसाधारणहरु आज विहानै देखी घरवाट वाहिर निस्कन समेत नसकिएको गुम्देलका वडा सचिव गणेश थापाले टेलिफोन मार्फत जानकारी दिए।

अकस्मात पानी सँगै हिमपातले चिसो वढाएसँगै विशेषगरी बृद्धबृद्धा, वालवालीका, सुत्केरी र दम रोगीका विरामीहरु प्रत्यक्ष मारमा परेका छन्। त्यसैगरी भुकम्पले घरवार विहिन वनाएर अस्थायी टहरामा वस्दै आएका भुकम्प पिडीतहरु पनि मारमा परेका छन्। रामेछापमा वुधवार विहानैदेखी पानी परिरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ