arrow

सरकारको निर्णय : अब ६५ वर्षमै वृद्धभत्ता पाइने

भूकम्प र बाढी पीडितलाई थप एक लाख

logo
प्रकाशित २०७४ माघ १० बुधबार
PMO.JPG

काठमाडौं । सरकारले अब ६५ वर्षको उमेरमै वृद्धभत्ता दिइने निर्णय गरेको छ । प्रधानमन्त्री शेर बहादुर देउवाको अध्यक्षतामा वुधबार बसेको मन्त्रिपरिषद बैठकले ६५ वर्षको उमेरमै वृद्धभत्ता दिने निर्णय गरेको हो । यसअघि वृद्धभत्ता पाउन ७० वर्ष पुगेको हुनु पर्ने व्यवस्था थियो ।  

सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री मोहन बस्नेतले निर्णय सुनाउँदै भने, ‘यसअघि वृद्ध भत्ता पाउनेहरुको उमेर ७० वर्ष रहेकोमा अब ६५ वर्ष राख्ने निर्णय गरिएको छ ।' 

२०५१ सालमा पहिलो पटक नेपालमा वृद्ध भत्ताको अवधारणा सहित भत्ता दिने घोषणा भएको थियो। त्यसयताका सरकारले यो कार्यक्रमलाई निरन्तरता दिँदै आएका छन् । यसअघी एकल महिला, दलित र कर्णालीका जनताका हकमा ६० बर्षमा वृद्ध भत्ता पाउने निर्णय भइसकेको छ। 

मन्त्री बस्नेतले थपे 'भूकम्प पीडित र बाढी पीडितहरुको हकमा अहिले दिइएको राहतमा एक लाख रुपैँया अरु थप गर्ने सरकारले निर्णय गरेको छ ।’

भूकम्प,पीडितको किस्ताबारेको मिति समेत थप गर्ने निर्णय सरकारले गरेको छ । म्याद थपको निर्णय बारे पुननर्माण प्राधिकरणलाई निर्देशन दिने सरकारको निर्णयमा उल्लेख छ। यसअघि भूकम्प पीडितलाई ३ लाख दिने निर्णय भइसकेकाे छ ।  पिडितहरुले याे सहित अब ४ लाख पाउने छन् ।

भुकम्प पिडित र वाढी पिडितले पीडाको ३ वर्ष वित्न लाग्दा समेत घर बनाउन पैसा नपुगेको गुनासो आएपछि सरकारले यो विशेष निर्णय गरेको हो। 

१ करोडको निजी व्यवसाय दर्ता गर्दा दलित, महिला र विपन्नलाई शुल्क नलाग्ने

सरकारले निजी व्यवसाय वा फर्म दर्ता गर्दा महिला, दलित र विपन्न वर्गलाई दर्ता शुल्कमा सहुलियत दिने भएको छ । वुधबार बसेको मन्त्रिपरिषद बैठकमा वाणिज्य मन्त्रालयले राखेको प्रस्ताव स्वीकृत भएसँगै महिला, दलित र विपन्न वर्गले व्यवसाय वा फर्म दर्ता शुल्कमा सहुलियत पाउने भएका हुन् ।

बैठकपछि वाणिज्यमज्त्री मीनबहादुर विश्वकर्माले भने, ‘महिला, दलित, विपन्न वर्ग (विपन्न वर्गको परिचयपत्र भएको व्यक्ति)ले व्यवसाय दर्ता गर्दा एक करोडसम्म पुँजी भएको फर्मलाई शून्य दस्तुर र त्यो भन्दा माथि पुँजी भएको कम्पनी दर्ता वा फर्म दर्ता गर्न चाहेमा ५० प्रतिशत दस्तुर छुट दिने निर्णय गरिएको छ ।’

नेपाल सरकारले कम्पनी ऐन, २०६३ को देहायका दफाहरुको प्रयोजनको लागि निजी कम्पनी दर्ता गर्न विभिन्न दस्तुरहरु तोकेको छ । एक करोड पुँजी भएको कम्पनी दर्ता गर्न १६ हजार दस्तुर तोकिएको छ । दुई करोडको १९ र तीन करोडको २२ हजार तोकिएको छ भने, १० करोड पुँजी भएको कम्पनी दर्ता गर्न ४३ हजार दस्तुर तोकिएको छ ।

थप निर्णय
नेपाली सेनाका विनयविक्रम राणासँगै ४ जना महासेनानीलाई पदोन्नति गरी बढुवा तथा पदस्थापन गर्ने र सहायक रथी नरजित शमशेर राणासहित ११ जना सहायक रथीहरुलाई सरुवा गर्ने निर्णय भएको मन्त्री बस्नेतले जानकारी दिए ।  

यस्तै, बैठकले गुल्मी जिल्लामा ३५ हजार ८ सय ४३ हेक्टर जमिनलाई संरक्षित वन घोषणा गर्ने निर्णय गरेको छ । प्रदेशमा मुख्य सचिव तोक्ने र आवश्यक कर्मचारी व्यवस्थापन गर्नेबारे पनि निर्णय भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ