arrow

फोरमले राष्ट्रिय सभामा क–कसलाई उठायो ?

logo
प्रकाशित २०७४ माघ १० बुधबार
foram.jpg

काठमाडौं । संघीय समाजवादी फोरम नेपालले राष्ट्रिय सभा सदस्यको निर्वाचनको लागि आफ्ना उम्मेदवारको मनोनयन दर्ता गराएको छ । माघ २४ गते हुने निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय धनुषामा रहेको प्रदेश नम्बर २ को मुख्य निर्वाचन अधिकृतको कार्यालयमा वुधबार मनोनयन दर्ता भएको हो ।

फोरम नेपालको तर्फबाट सर्लाहीका रामप्रीत पासवान र सप्तरीका प्रमिला यादवले राष्ट्रिय सभा सदस्यको पदमा मनोनयन दर्ता गराएका छन् । पासवान र यादव फोरम नेपाल, राजपा र नेपाली कांग्रेसको साझा उम्मेदवार हुन् ।

फोरम नेपाल, राजपा र कांग्रेसले संयुक्त गठबन्धन बनाएर प्रदेश नम्बर २ को निर्वाचनमा होमिएका छन् । त्रिदलीय सहमति अनुसार यी तीनवटै दलले दुई–दुई सीट पाएका छन् ।

फोरम नेपालको भागमा दलित र महिलाको कोटा परेको थियो, जसअनुसार पार्टीको पदाधिकारी बैठकले दलित कोटाबाट पासवान र महिला कोटाबाट यादवलाई उम्मेदवार चयन गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ