arrow

नास्टको चौरमा आईपुग्यो 'भारतको अर्काे टाउको दुखाई' !

चीनको सहयोगमा १६ करोडको ३२ हजार जेनेरेटर

logo
प्रकाशित २०७४ माघ १० बुधबार
solar_generetor.jpg

काठमाडौं । चिनियाँ सहयोगमा झण्डै ३३ हजार सौर्य जेनेरेटर नेपाल आईपुगेको छ । तत्कालीन प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको क्रममा भएको सहमति अनुसार चीन सरकारले दिएको सौर्य जेनेरेटर नेपाल आईपुगेको हो । 

१० वाटका ३२ हजार र १२ सय वाटको कूल ३ सय २५ वटा सौर्य जेनेरेटर नेपाल आईसकेको बैकल्पिक उर्जा प्रवर्दन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालले जानकारी दिए । उनका अनुसार यी जेनेरेटरहरु अहिले ५ जिल्लाका भूकम्पपीडितहरुको लागि मात्रै ल्याईएको हो । ती जेनेरेटरहरु अहिले नास्टको चौरमा राखिएको र बिहीबारको पत्रिकामा यसको सूचना जारी गर्ने तयारी भईरहेको छ ।

चीनले नेपाललार्इ घरेलु विद्युत उत्पादन क्षमता बढाउने तथा २०७२ को भूकम्प पछि बिजुलीबाट बञ्चित परिवारको लागि बिजली सुविधा दिनको लागि ३२ हजार भन्दा बढी सौर्य ऊर्जाद्वारा चल्ने जेनेरेटर दिने निर्णयलाई पनि भारतले नेपालमा चिनियाँ प्रभाव विस्तारको एउटा कदमको रुपमा लिएको छ । सो एजेन्सीका अनुसार चीनले यो जेनरेटर अनुदानमा दिने भएको दाहालले जानकारी दिए ।   

चीनले यो सहयोग गर्ने उल्लेख गर्ने वित्तिकै भारतको समाचार संस्था नवभारत टाइम्सले यसलाई चिनियाँ प्रभाव विस्तार र भारतको टाउको दुखाईको विषय बनेको समाचार उल्लेख गरेको थियो । सो समाचारमा नेकपा एमालेका अध्यक्ष केपी ओली चीन समर्थक मानिने भन्दै तिनै अध्यक्ष ओली नेतृत्वको बाम गठबन्धनले बहुमत ल्याएको अवस्थामा चीनले सहया्ग गरेको जनाएको छ । यद्यपि यो विषय दुई वर्ष अघिको सम्झौता अनुसार भएको केन्द्रले दाबी गरेको छ । यसरी बाम गठबन्धनले बहुमत ल्याएकोले आफ्ना सहयोगी देशहरुलार्इ सहयोगको हात फैलाउन थालेको चीनले नेपालमा पनि सहयोग बढाएको भारतको विश्वास छ। 

भारतीय मिडियाले जरूरी सामानको आपूर्तिका लागि मुख्य रूपले भारतमा निर्भर रहने नेपालले पछिल्लो केही वर्षदेखि चीनको प्रभावमा पर्न थालेको जनाएका छन् । चीन हिमालयका विभिन्न देशमा आफ्नो प्रभाव बढाउने प्रयासमा रहेको छ । यसको लागि चीनले अरबौं रुपैयाँ खर्च गरिरहेको छ ।  

केन्द्रका अनुसार १० वाटको जेनेरेटर व्यक्तिगत प्रयोजनको लागि र बाँकी ३ सय २५ वटा १२ सय वाटको जेनेरेटरहरु संस्थागत प्रयोजनको लागि दिईएको बताईएको छ । यी जेनेरेटरहरु सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट, ओखलढुंगा र सिन्धुलीका भूकम्पपीडितहरुलाई वितरण गरिने जनाईएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ