arrow

सरकारको सूचिमा परेका एक सय ९० शहीद (नामावलीसहित)

logo
प्रकाशित २०७४ माघ १० बुधबार
Home_ministry_nepal.jpg.jpeg

काठमाडौं । गृह मन्त्रालयले शहीदहरुको सूचि सार्वजनिक गरेको छ । मन्त्रालयले एक सय ९० शहीदको नामावली सार्वजनिक गरेको हो ।

मन्त्रालयले सार्वजनिक गरेको सूचिमा प्रजातन्त्रका लागि लडेकाहरुदेखि पार्टीको आन्दोलनका क्रममा सहादत प्राप्त गरेकाहरुको नाम छ ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले केही दिनअघि मात्र ३८ वर्ष अघि भएको छिन्ताङ घटनामा मारिएका व्यक्तिलाई शहीद घोषणा गरेको थियो । ती १६ जनाको नाम पनि अहिलेको सूचिमा राखिएको छ ।

गएको पुस २८ को मन्त्रिपरिषदले खोकु छिन्ताङ घटनामा मारिएका १६ जना व्यक्तिलाई शहीद घोषणा गर्ने निर्णय गरेको थियो । २०३६ साल कात्तिक २७ गते भएको घटनामा मारिएका व्यक्तिलाई सरकारले ३८ वर्षपछि शहीद घोषणा गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ