arrow

ओली भारत फकाउँदै, भारत ‘वेट एण्ड वाच’ मा, के कुरामा ? 

logo
प्रकाशित २०७४ माघ ११ बिहिबार
oli-modi.jpg

काठमाडौं। नयाँ सरकारको नेतृत्वका लागि तम्तयार भइरहँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतलाई रिझाउन खोजिरहेको खुलासा भएको छ। एक उच्च स्रोतका अनुसार ओलीले आफ्ना एजेन्ट भारत पठाएका छन्। ओली बैंकक उपचारका लागि जानुअघि नै एजेन्ट खटाएका थिए। तर त्यो एजेन्टबाट नभइ ओली प्रत्यक्ष हुनुपर्ने भएपछि ओली उपचार गर्ने समय मिलाएर बैंकक पुगेका थिए। बैंककमा पनि पूरा कुरा नटुंगिएकाले ओलीले फेरि एजेन्ट भारत पठाएका हुन्। 

ओली पक्का प्रधानमन्त्री हुँदैछन्। बाम गठबन्धनको साथले नै प्रधानमन्त्री बन्न पुग्छ। तर उनले कुरो बुझे कि बीचकै जुनसुकै बेला गठबन्धन टुट्न सक्छ। तसर्थ ढुक्कले सरकार संचालनका लागि उनले भारतबाट गाढा हरियो झण्डा खोजेका छन्। हुनत प्रतिनिधिसभाको चुनावपछि ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुई पटक टेलिफोन गरेर शुभकामना तथा बधाइ दिइसकेका छन्। 

ओलीले पनि बुझेका छन् कि बारबार मोदीले फोन गरेर के चाहन्छन् ? त्यसैले यो विषय मिलाएर सत्ताको बिंडो थाम्नका लागि दिल्ली दरबारलाई रिझाउन चाहन्छन्। 

के गर्दैछन् ओली ? 
ओलीले आफू पक्का पाँच वर्षको प्रधानमन्त्री बन्नका लागि कतैबाट अवरोध नआओस् भन्ने चाहन्छन्। त्यसैले उनले चीनबाट स्वीकृति लिइसकेको स्रोत बताउँछ। अब भारतबाट लिन बाँकी छ। चीनकै सल्लाहमा ओलीले भारतलाई रिझाउन खोजिरहेका छन्। ओलीले भारतकै रायमा मधेस केन्द्रीत दलहरु संघीय समाजवादी फोरम र राजपा नेपाललाई सरकारमा समेट्न खोजिरहेका छन्। भारतले यसलाई सकारात्मक लिए पनि त्यतिमात्र उसको स्वार्थ हैन भन्ने ओलीले बुझेका छन्। 

के हुन्छ राजसंस्था र हिन्दू राज्य ? 

भारतको अर्को मुख्य इच्छा नेपाललाई हिन्दू राज्य बनाउनु हो। मोदी पुनः नेपाल विश्वकै एकमात्र हिन्दू राज्य भएको देख्न चाहन्छन्। ओली यो मुद्दालाई अगाडि बढाउन तयार भएको देखिन्छ। त्यसैगरी राजसंस्थाको मुद्दा पनि गम्भीर भएर अगाडि बढिरहेको छ। राजसंस्थालाई विशेष स्थान दिन ओली तयार भएको बुझिन्छ। ओली तयार भए पनि प्रक्रिया जटिल भएकाले अलमल बढेको छ। त्यसैले त ओलीले गरेको अलमलका कारण भारतले वेट एण्ड वाच अथात् पर्ख र हेरको रणनीति बनाएको स्रोत बताउँछ। तर ओली भारत फकाउन तल्लीन रहेको बुझिन्छ। 

पार्टी एकताले पनि उनलाई केही असहज बनाएको छ। ओलीले बैंककमा पूर्व युवराज्ञी हिमानी शाहसंगको भेटका बारेमासमेत पार्टीको बैठकमा उल्टो सन्देश दिएका थिए। अन्जानमा भेट भएको बताएर कुरो गोप्य राख्न खोजेको देखिए पनि उनको त्यो कलाप्रति धेरै नजिक भइसकेको बुझ्न सकिन्छ। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ