arrow

नगरकै बासिन्दा टुकीको भरमा

logo
सीता डोटेल,
प्रकाशित २०७४ माघ ११ बिहिबार
Candle.jpg.jpeg

रामपुर, पाल्पा । गाँउमा विद्युतको सर्भे भएसँगै रामपुर नगरपालिका वडा नम्बर १ का बासिन्दामा अब गाउँमा बिजुली बत्ती आउने आशा जागेको छ ।

नगरपालिका लागि चाहिने न्युनतम आधारभुत आबश्यकता शिक्षा, स्वास्थ्य, मोटरबाटो खानेपानी जस्तै बिजुली बत्ती पनि एक महत्वपुर्ण हो । तर सरकारले न्युनतम आधारभुत आबश्यकता पुरा नभएका विकासोन्मुख बजारलाई केन्द्र मान्दै हचुवाको भरमा देशका बिभिन्न स्थानलाई नगरपालिका तोक्यो ।

२०७१ साल बैशाखमा देशका ७२ वटा  नगरपालिका घोषणा भएका अधिकतम नगरमा न्युनतम आधारभुत आबश्यकता पनि नगरबासीमा छैन । त्यस्तै नगरपालिकाका बासिन्दा हुन् रामपुर १ का वडाबासी ।

बुटवल पावर कम्पनीले पछिल्लो एक महिनामा रामपुर नगरपालिका वडा नम्बर १ का ठुलीबेसी, स्याउलीबजार, माझीटार,आरुखरक, खटाङ्ग र क्वाङक्वाङ लगायतका क्षेत्रमा सर्वे गरेसँगै स्थानियमा अब विद्युत बल्ने आशा पलाएको हो । सर्वेको काम भएको छ अब यसको मुल्याङ्कन गरि काम अगाडी बढाउने प्रक्रियामा हामी जान्छौ–वुटवल पावर कम्पनी रामपुर शाखाका प्रमुख भिम बहादुर सोमैले भने ।

 रामपुरको मुख्य बजार क्षेत्र आसपासमा झण्डै २० बर्षअघि बिजुली बत्ती बलेपनि वडा नम्बर १ का बासिन्दा भने सधै टुकीको सहारामा जिवन बिताउन बाध्य छन् । स्थानिय तुल बहादुर मल्लले नगरका बासिन्दाले सामान्य सुबिधा पनि नपाएकाले नगरबासीको आभाष आफुहरुमा नभएको बताए ।

 विद्युतका कर्मचारीले नापजाच गरेका छन् उनले भने–अबको बर्षदिनमा त बत्ती बाल्न पाइएला नी । गाउँमा बत्ती नहुँदा दैनिक काममा समस्या आउने स्थानिय हरिमायाँ रानाले बताए । अरु काम गर्न त्यस्तै हो कुटेर पिसेर खान पनि मिल नहुँदा समस्या छ रानाले भने। अहिले यहाँका नागरिक हिडेरै वा जिपमा भलायटार, खोप्टार लगायतका मिलमा कुटानी पिसानीका लागि आउने गरेका छन् ।

 प्रबिधिको युगमा सामान्य मोवाइल चार्ज गर्न, रेडियो बजाउन तथा कम्प्युटर चलाउन पनि विद्युत नहुँदा समस्या भएको स्थानिय शंकर खाँणको भनाई छ । बत्ती मुनिको अध्यारो भनेझै झण्डै २ दशक अघि नगरका अन्य वडामा बिजुुली बत्ती बलेपनि अहिलेसम्म नगरको वडा नम्बर १ मा बिजुली बत्ती पुग्न सकेको छैन ।

 बिभिन्न सहयोगमा वडा नम्बर १ का केही भागमा स्थानियले पेल्ट्रिक सेटबाट सिमित बिजुली बालेपनि यसले दिगोपना नपाउदा झनै मारमा परेका छन् । बर्खा समयमा अबरुद्ध हुने र बर्षौ बर्ष अघिको परियोजना दिगो नभएकाले यहाँका नागरिकले बिद्युत्तबाट लिने फाइदा उपभोग गर्न पाएका छैनन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ