arrow

चार सय जनालाई डकर्मी रिफ्रेसर तालिम

भुकम्प प्रतिरोधात्मक घर निर्माणमा सहज

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७४ माघ ११ बिहिबार
syangja.JPG

स्याङ्जा ।  राष्ट्रिय पुननिर्माण प्राधिकरणको सहयोगमा र घरेलु तथा साना उद्योग विकास समितिको आयोजनामा स्याङ्जामा ४ सय डकर्मीलाई रिफ्रेसर तालिम शुरु गरिएको छ । ११ स्थानीय तह रहेको स्याङ्जामा सबै तहमा डकर्मी रिफ्रेसर तालिम शुरु भएको हो ।

 भुकम्प प्रतिरोधात्मक घर निर्माणमा सहजता ल्याउनका लागि ७ दिने तालिम शुरु गरिएको आयोजकले जनाएको छ । हरेक स्थानीय तहमा ५० जनाको दरले डकर्मी तालिम दिईने छ । तालिमको वालिङ नगरपालिका वडा नं. १३ मा शुरु गरिएको पहिलो तालिमको वालिङ नगरपालिकाका उपप्रमुख कल्पना तिवारीले उदघाटन गरेकी छन् ।
 
तालिमको उदघाटन गर्दै उपप्रमुख तिवारीले २०७२ साल बैशाखमा गएको विनासकारी भुकम्पको घाउ अझै निको नभएकोे बताईन् । धेरै नागरिकको ज्यान जाने गरी र धेरै घरपरिवारलाई उठिवास बनाउदै आएको भुकम्पले नेपाललाई नयाँ पाठ सिकाउदै छ तालिमको उदघाटन गर्दै तिवारीले भनिन्,“अवका दिनमा भुकम्पले कुनै नागरिकको उठिवास नहोस भन्ने उदेश्यले यो तालिम प्रदान गरिएको हो ।” तालिम पछि हरेक वालिङवासी लगायत स्याङ्जावासीको भुकम्प प्रतिरोधात्मक घरहरु निर्माण हुनेछन् उनले भनिन् । तालिमको सहि उपयोग गरि सदुपयोग गर्न सहभागीहरुलाई उपप्रमुख तिवारीले आग्रह गरिन् ।
 
हामी दक्ष डकर्मी बनाउन चाहान्छौ उपप्रमुख तिवारीले भनिन्,“यो अवसरको सहभागीले उपयोग गर्नुहोस ।” जसले कर्म गर्छ त्यो व्याक्ति कर्मविर हो त्यसैले यो तालिम पश्चात सहि सदुपयोग हुनेमा म विश्वस्थ छु उनले भनिन् । भुकम्पले पुर्‍याएको क्षतीलाई विर्साउने काम तालिमले दिनेमा विश्वास तिवारीको थियो । तालिममा घरेलु तथा साना उद्योग विकास समितिका प्रमुख विश्वभद्र खनालले जिल्लाका ११ ओटै स्थानीय तहमा यो तालिम शुरु हुने बताए । तालिमले इन्जिनियरीङ पलान्टबाट घर निर्माण गर्ने तरिका सिकाउने हो खनालले भने,“ जसले गर्दा सरकारले चाहेजस्तो घर निर्माण हुने छ ।”

सबै नागरिक सुरक्षित घरमा बसोवास गरुन भन्ने सरकारको चाहाना हो खनालले भने । घरेलुले दिने तालिममा ४ सय जना भएपनि स्याङ्जाबाट १ हजार १ सय ४७ जना डकर्मीले तालिमको माग गरेको खनालको भनाई थियो । निर्धक्क भएर तालिम लिन पनि खनालले सहभागीहरुलाई आग्रह गरे । ७ दिन सम्म प्रमुख पशिक्षकको रुपमा इन्जिनियर सुरेश तामाङ्ले तालिम प्रदान गर्नेछन् ।

 कार्यक्रममा वालिङ नगरपालिकाका शाखा अधिकृत पदमप्रसाद पाण्डेले सञ्चालन गरेको उदघाटन कार्यक्रमको अध्यक्षता वालिङ १३ का वडा अध्यक्ष आनन्दप्रसाद पाठकले गरेका थिए । तालिममा २५ जना सहभागी रहेका छन् । भुकम्प गएको करिव ३ बर्ष पछि भुकम्प प्रतिरोधात्मक घर निर्माणका लागि यो तालिमले केही राहत मिल्नेमा विश्वास गरिएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ