arrow

विश्व क्रिकेट लिग डिभिजन–२ का लागि नेपाली क्रिकेट टोली घोषणा, को–को परे ?

logo
प्रकाशित २०७४ माघ ११ बिहिबार
nepali-team-news.jpg.jpeg

काठमाडौं । नामिवियामा हुने आइसीसी विश्व क्रिकेट लिग डिभिजन–२ का लागि नेपाली टोलीको घोषणा भएको छ । माघ २५ गतेदेखि नामिवियामा हुने प्रतियोगिताका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीको प्रत्यक्ष निगरानीमा १४ नियमित र ४ वैकल्पिक सहित १८ सदस्यीय टोली घोषणा भएको हो ।

नेपाली ब्याट्सम्यान रोहित कुमारले टोलीमा प्रवेश पाएका छन् । उनी पहिलो पटक टोलीमा अटाउन सफल भए । यसअघि युुएईविरुद्धको खेलमा टोलीमा पर्न नसकेका अनिल कुमार शाह पनि डिभिजन–२ का लागि छनोट भएका छन् । यद्यपि, अनिल पिचमा भने उत्रिएनन् ।

आईसीसी प्रतिनिधि अनिमुल इस्लामको संयोजकत्वमा राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का सम्मिलित टोलीले नेपाली खेलाडीको नामावली घोषणा गरेको हो । डिभिजन–२ खेल्ने नेपाली टोलीमा अनिल र रोहितसहित कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, बसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी, करण केसी, आरिफ शेख, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, दिलिप नाथ र ललित भण्डारी छन् ।

वैकल्पिक खेलाडीमा सुनील धमला, ललितनारायण राजवंशी, सिद्धान्त लोहनी र किशोर महतो छन् । नेपाली टोली शनिवार वैदेशिक प्रशिक्षणका लागि संयुक्त अरब इमिरेट्स युुएई जानेछ । तीन अभ्यास खेलपछि नेपाली टोली त्यहीँबाट नामिविया जानेछ ।

आगामी विश्वकप छनोटको अन्तिम अवसरका रुपमा रहेको डिभिजन–२ को शीर्ष दुुई स्थानमा पर्न सकेमा नेपालले विश्वकप छनोट खेल्न पाउनेछ । डिभिजन–२ मा नेपाल र नामिवियासहित युुएई, क्यानडा, ओमान र केन्या सहभागि हुने छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ