arrow

विपन्नलाई कम्मल विवरण

logo
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७४ माघ ११ बिहिबार
kapil.jpg

कपिलवस्तु । आगलागी प्रभावित तथा विपन्नहरुलाई  १ थानका दरले कम्मल वितरण गरिएको छ । युनिसेफको सहयोगमा महिला तथा वालवालिका कार्यालयको व्यवस्थापनमा उक्त कम्मलहरु वितरण गरिएको छ ।

 शुद्धोधन गाउंपालिकाको हथिहवामा ७ घर, मायादेवी गाउंपालिकाको अभिराभमा ६५ घर, महाराजगजं नगरपालिकामा ७ घर र शिवराज नगरपालिका ५९ घरमा कम्मल वितरण गरिएको महिला विकास अधिकृत कमला पौडेलले वताइन । गत साल आगोलागी हुदां घर जल्ला कपडा तथा सवै साम्रगी जलेको हुंदा जाडोमा केही हद सम्म  राहत  दिनको लागी कम्मल वितरण गरिएको पौडेलले बताइन ।

स्थानीय पिस नेपाल, लिडो नेपाल र आइ एन एफ नेपालको समन्यवमा उक्त कम्मल वितरणगरिएको हो । वितरण कार्यमा महिला विकास कार्यालयका दिपेन्द्रराज पन्थी, सम्झना भण्डारी, शुद्धोधन गाउंपालिका वडा नं ५ का अध्यक्ष आशुतोष कुमार सिंह लगायतको सहभागिता रहेको थियो ।

कम्मल पाएपछि जाडोमा आफुलाई सहयोग मिलेको मायादेवी गाउंपालिका अभिराव गाउंका विष्णु नटुवाले बताए । कपिलस्तुमा विपन्न तथा गरिव समुदायका जनताहरु चिसोमा कष्टकर जीवन विताइरहेका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ