arrow

प्रदेश राजधानी माग्दै काँग्रेस सांसद धर्नामा

logo
गणेश मौनी,
प्रकाशित २०७४ माघ ११ बिहिबार
sansad_dharnama.jpg

डोटी । प्रदेश ७ को राजधानी डोटी  हुनुपर्ने माग गर्दै लामो समय देखि जारी आन्दोलनमा समर्थन जनाउदै प्रदेश सांसद भरत बहादुर खड्का धर्नामा बसेका छन् ।

माघ २४ गते हुने राष्ट्रिय सभाको निर्वाचनलाइ मध्यनजर गर्दै आन्दोलनको स्वरुप परिवर्तन भएपछि आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु स्थगित भएपनि रचनात्मक दबाब दिने भन्दै अहिले दिनहुँ धर्ना कार्यक्रमहरु चलिरहेका छन् ।

स्थानीय नागरिकहरु सरकारलाई दिपायल राजधानी तोक्न भन्दै दिनहु स्वस्फुर्त रुपमा जिल्ला प्रसासन र क्षेत्रीय प्रशासन अगाडि धर्ना दिइरहेका छन् । प्रदेश ७ को अस्थायी मुकाम धनगढी तोकेपछि आन्दोलित भएका स्थानीयले प्रदेश सभा सदस्यकै पुत्ला दहन गरेका थिए । पुत्ला जलाइएपछि सांसद खड्का आफै धर्नामा बस्न पुगे ।

खड्काले डोटेली जनताको मागको वेवास्ता गर्दै सरकारले गलत निर्णय गरेको समेत बताएका छन् । मंगलबार प्रदेश सभाका अर्का सदस्य त्रिलोचन भट्ट पनि सुदुरपश्चिम क्षेत्रीय कार्यालय राजपुरको गेट अघि धर्नामा बसेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ