arrow

एमालेलाई विश्वप्रकाशको जवाफ : मनको बाघले कसैलाई नखाएकै जाति !

logo
प्रकाशित २०७४ माघ ११ बिहिबार
bishwoprakash-sharma-hamrakura2.jpg.jpeg

काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेकपा एमालेले जारी गरेको विज्ञप्ती प्रति टिप्पणी गर्दै जवाफ फर्काएका छन् । विहीबार साँझा आफ्नो ट्वीटर ह्याण्डलबाट एमालेले आफ्नो विज्ञप्तीको दोस्रो नम्बरको बुँदामा उल्लेख गरेको विषय प्रति आपत्ति जनाउँदै जवाफ फर्काएका हुन् । 

बिहीबार एमाले अध्यक्ष केपी ओलीले जारी गरेको विज्ञप्तीको दोस्रो नम्बरको बुँदामा 'नयाँ निर्वाचनमा वाम गठबन्धनका पक्षमा स्पष्ट बहुमत देखापरेको र सरकार सञ्चालनको स्पष्ट जनादेश प्राप्त भइसकेको सन्दर्भमा पनि नेपाली काँग्रेस नेतृत्वको वर्तमान सरकार जनादेशलाई 'कसैलाई पनि बहुमत प्राप्त नभएको’ भन्दै लाञ्छित गरिरहेको छ, वाम गठबन्धनलाई विभाजित गर्ने खुलेआम उद्घोष गरिरहेको छ र कानुनी छिद्रहरु खोज्दै नयाँ सरकारखगठनको बाटो अवरुद्ध गर्न उद्दत छ' भन्ने ब्यहोरा उल्लेख गरेका थिए । 

सोही बुँदामा आपत्ति जनाउँदै नेता शर्माले राष्ट्रियसभा गठनको कानुन निर्माण, प्रदेश प्रमुख नियुक्ति, काम चलाउ स्थल, माघ २४ मा निर्वाचन, यी सबै प्रक्रियाले सत्ता हस्तान्तरणलाई मार्ग-प्रशस्त गरिरहेको भन्दै मनको बाघले कसैलाई नखाएकै जाति ! भन्दै एमालेप्रति व्यङ्ग्य गरेका हुन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ