arrow

नेपाल क्रिकेट संघ निलम्बन फुकुवाका लागि यस्तो छ आइसीसीको अन्तिम प्रयास 

logo
प्रकाशित २०७४ माघ १२ शुक्रबार
nepal-cricket-association.jpg

काठमाडौं । नेपाल क्रिकेट संघ क्यान निलम्बनमा परेपछि क्रिकेट विकासको गति नै ठप्प भएको छ । कुनै प्रतियोगिता आयोजना गर्नुपरे अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले नै प्रतिनिधि पठाउँछ । 

भौतिक पूर्वाधारमा कुनै सहयोग छैन । प्रतियोगिताको नाफा पनि उसकै हुने गरेको छ । नेपालबाटै उच्च स्तरको सहमतिको प्रयास नहुँदा क्रिकेटको यो हालत भएको हो । 

तर निलम्बन फुकुवाका लागि आइसीसीले पहल भने गरिरहेको छ । आइसीसीले यसै साता निलम्बन फुकुवाका विषयमा छलफल गर्न टोली नेपाल पठाउने जनाएको छ । 

आइसीसी उपाध्यक्ष इमरान ख्वाजाको नेतृत्वमा आउने टोलीले सबैलाई मान्य हुने अन्तिम उपायको खोजी गर्ने आइसीसीले विज्ञप्ति मार्फत जनाएको छ । 

आईसिसी प्रतिनिधि मण्डलले सल्लाहकार समितिका पदाधिकारीका साथै क्यानको निर्वाचित समिति र पूर्वसमितिका पदाधिकारीसंगै सरकारी अधिकारीसंग छलफल गर्नेछ । 

यो छलफलबाटै आइसीसीले क्यानको फुकुवा र सदस्यता नविकरणको टुंगो लाग्ने जनाएको छ । 

आइसीसीले नेपालमा भएको चरम भ्रष्टाचारको कारण देखाउँदै सन् २०१६ को मे मा क्यान निलम्बन गरेको थियो । 

त्यसपछि नेपाली क्रिकेटको विकास र विवादरहित बनाउनका लागि सल्लाहकार समिति गठन गरेको थियो । समितिको रायमा क्यानको निर्वाचित समितिको विशेष साधारणसभाले विधान संशोधनसहित पारित गरेको थियो । 

यसलाई राष्ट्रिय खेलकुद परिषद राखेपले पारित गरेपछि निर्वाचित समितिले जिल्लाहरुमा निर्वाचनसमेत गरेको छ । 

यसलाई आइसीसीले पूर्ण स्वीकार गरिसकेको छैन । 

विवाद किन ? 

क्यान अध्यक्ष छँदा टंक आङबुहाङले भ्रष्टाचार गरे । उनी अख्तियारको निलम्बनमा पनि परे । तर कार्यकाल सकिन केही दिन बाँकी छँदा उनी अख्तियारबाट मुक्त भए । 

आङबुहाङ अहिलेको निर्वाचित समिति चाहँदैनथे । त्यसैले खेलकुद परिषदलाई हस्तक्षेप गर्न मद्दत गरे । परिषदले अर्को समिति पनि बनायो । 

समानान्तर समिति आइसीसीलाई मन परेन । वार्ताका लागि आयो पनि । तर आफूहरु नै आधिकारिक भनी हानथाप गर्न लागेपछि निलम्बन गर्यो । 

सल्लाहकार समितिले  पनि राम्रो न्याय दिन सकेन । त्यसभित्रकै पदाधिकारी पनि क्यान सम्हाल्न इच्छुक हुँदा समस्या झनै लम्बियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ