arrow

यस्ता छन् एनआरएनए कोरियाकी अध्यक्ष लक्ष्मी लामा गुरुङका योजना (अन्तर्वार्ता)

logo
प्रकाशित २०७४ माघ १२ शुक्रबार
laxmi-lama-gurung-nrn-korea.jpg

मनाङ । मनाङ जस्तो विकट दुर्गम  जिल्लामा जन्मेर हाल दक्षिण कोरियामा एनआरएनको अध्यक्ष जस्तो पदमा रहेकी लक्ष्मी लामा गुरुङले आफूलाई अब्बल बनाउँदै लगेकी छिन् । २४ वर्षदेखि कोरियामा रहेकी लक्ष्मीका अबका योजना के छन् त ? के भन्छिन् ? नविन लामिछाने मनाङेले लिएको  यो अन्तर्वार्ता–

आफूलाई कसरी चिनाउनु हुन्छ ? 
म लक्ष्मी लामा  गुरुङ हो । मेरो जन्म सन् १९७६ मा मनाङ सदरमुकाम चामेमा भएको हो। मेलै उच्च शिक्षा सरस्वती बहुमुखी क्याम्पसबाट कानुनमा प्रविणता प्रमाण पत्र तह उत्तीर्ण गरेकी हुँ । दक्षिण कोरिया आएको नै २४ बर्ष भयो। 

एनआरएनए कोरियाको अध्यक्ष हुनु भएको छ, कस्तो महसुस गर्नु भएको छ ?
खुशी लागेको र जिम्मेवारी बढेको अनुभूति भएको छ। 

एनआरएनए कोरियाले अहिलेसम्म गरेका कामहरु के के हुन र भावि योजना के छन् ?
नेपालको प्रवर्द्दन, यहाँका नेपालीहरूका समस्या समाधान, नेपालमा लगानी भित्राउन बिभिन्न पहल गरेको थियो । अब यसलाई व्यवस्थित र योजनावद्ध ढंगले अगाडि बढाउने योजना बनाएका छौँ । परोपकारी नेपालमा लगानी भित्राउन बिशेष योजना बनाएका छौँ । त्यसलाई मुर्त रूप दिन बिशेष तयारी अन्तिम चरणमा पुगेको छ। छिट्टै यसको प्रारूप सार्वजानिक गर्छौँ। 

कोरियामा नेपालीको संख्या कति होला, कामको प्रकृति पनि बताइदिनुहुन्छ की ?
कोरियामा नेपालीहरूको संख्या झण्डै ४३ हजारको हाराहारीमा पुगेको छ। अधिकाँश  औद्योगिक, कृषि र सेवाको क्षेत्रमा कार्यरत छन्। 

कोरिया विशेषत इपिएस मार्फत पुगेका नेपालीहरुको समस्या के– के छन्  सरकारले के कस्ता कदम चाल्नुपर्ला ?
 
प्रायः कामको कठिनताको कारणले उत्पन्न हुने बिभिन्न समस्या, दुर्घटना हुने क्रम पनि उत्तिकै छ। त्यस्तै मानसिक समस्या र आत्महत्याका घटना पनि उत्तिकै बढेको छ। हामीले रोकथामका लागी दूतावास संगको सहकार्यमा बिभिन्न कार्यहरू गर्दै आईरहेका छन्।

कोरियन नागरिकसँग विहे गरेर जाने दिदीबहिनीको समस्या देखिएको छ भनिन्छ नि ? 
पहिले धेरै ठुलो समस्या थियो। तर अहिले त्यस्तो समस्या खासै छैन। अहिले नेपाल सरकारले पनि कोरियन नागरिकसंग विवाहको अनुमतीलाई कडाई गरेकोले पनि समस्या नदेखिएको हाम्रो अनुमान छ। 

एनआरएनए कोरियालाई अगाडि बढाउन के के योजना बनाउनु भएको छ ?
एनआरएनलाई कोरियाका नेपालीहरूको साझा र भरपर्दो संस्थाको रूपमा अगाडि बढाएर लाने प्रमुख उदेश्य हो। हामीले यहाँका समस्या हरूलाई समाधानको लागी छुट्टै योजना, नेपालमा लगानी भित्राउन छुट्टै योजना बनाएर अगाडी बढाउन लागिपरेका छौं  अब छिट्टै नेपाल हाउसलाई ब्यवस्थित रूपमा सन्चालन गर्ने,कोरियामा नेपाली साँस्कृतिक केन्द्र निर्माण गर्ने,परोपकारी कोष निर्माण गर्ने कार्य अन्तिम चरणमा पुगेको छ। 

 नेपाल कहिले फर्किनुहुन्छ ? यहाँ केही गर्ने योजना बनाउनु भएको छ की ? 
तत्काल नै त्यस्तो योजना त छैन। तर हाम्रो शरिर यता भएपनि मन भने जन्म भूमिमा नै छ। हामी यहाँ बसेपनि नेपालकै लागी दिनरात सोचिरहेका हुन्छौँ। देश बाहिर हुँदा झन् देशको मायाँ बढ्दो रहेछ। हामीले कोरियाबाट आर्जन गरेको सिप, केहि पुँजीलाई नेपालमा नै भित्राउनुपर्छ। अब राजनितीक स्थाईत्व हुने संकेत देखिएको छ। सबै प्रवासमा रहेका नेपालीहरूलाई देशमा नै केहि गर्न अपिल गर्छु। हामी सबैले मिलेर देश बनाउनुपर्छ। देश हामीले नै बनाउने हो । बिदेशीले बनाउने होईन। व्यक्तिगत रूपमा पनि मैले सानोतिनो उद्योग सन्चालन गर्ने योजना बनाएकी छु।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ