arrow

विवेकशीलले राष्ट्रियसभामा किन समर्थन गर्यो कांग्रेसलार्इ ? यस्तो छ स्पष्टोक्ती 

logo
प्रकाशित २०७४ माघ १२ शुक्रबार
bibekshil-sajha-congress.jpg

काठमाडौं । विवेकशील साझा पार्टीले राष्ट्रिय सभाको चुनावमा प्रदेश ३ को खुलातर्फ नेपाली कांग्रेसका उम्मेदवार वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीलाई समर्थन गर्ने निर्णयप्रति अभिव्यक्त चासो र चिन्ताकाबारे स्पष्ट पारेको छ । शुक्रबार विवेकशीलले जारी गरेको विज्ञप्तीमा अधिकारी एक सक्षम र राष्ट्रिय सभामा आइपरेका जटिल विषयलार्इ पनि सुक्ष्म रुपमा समाधान गर्न सक्ने नेता भएकोले समर्थन गरेको विवेकशीलले स्पष्ट पारेको छ । 

राष्ट्रिय सभाको चुनावका सम्बन्धमा आफूहरुसामू मूलतः चारवटा विकल्पहरू रहेको भन्दै विवेकशीलले चौथो विकल्पलार्इ अँगालेको बताएको छ । विवेकशीलले पहिलो विकल्प, चुनावमा भाग नै नलिनु भनेको लोकतान्त्रिक अभ्यासलाई संस्थागत गर्न आएको पार्टीलाई सुहाउने कुरा नभएको र आगामी दिनमा प्रदेश सभामा पनि चित्त बुझेका/नबुझेका हरेक विषयमा मतदानको प्रक्रियामा सामेल भएर वृहत राष्ट्रहितको पक्षपोषण गर्नु नै हाम्रो कर्तव्य हुने महशुस गरेकोले पहिलो विकल्प आफूहरुको लागि जायज नभएको विवेकशीलले जनाएको छ।

दोस्रो विकल्प, आफ्नै उम्मेदवार उठाउन नागरिक समाजका केही प्रवुद्ध व्यक्तित्वहरुसँग गरेको छलफल सार्थक हुन नसकेको र चाहेजस्तो व्यक्तित्वहरूले विवेकशीलप्रति सदभाव राख्दाराख्दै पनि साथ भने दिन नसकेको बताइएको छ । तेस्रो विकल्प, वाम गठवन्धन आफुले समर्थन गरेको उम्मेदवारको बारेमा मनोनयन दर्ताको अन्तिम घडीमा मात्र सम्पर्कमा आएको र त्यतिञ्जेलसम्ममा नेपाली कांग्रेससँग विवेकशील र नयाँ शक्ति पार्टीसहित भएर शुरु भएको कुराकानी निकै अघि बढिसकेको र अझ राष्ट्रिय सभाका लागि गठबन्धनको उम्मेदवार अनुपयुक्त देखिने सम्भावित उमदेवारहरुप्रति विवेकशीलको समर्थन रहन नसक्ने  अवस्था रहेको बतार्इएको छ । 

विवेकशीलले नेपाली कांग्रेससँग उपयुक्त उम्मेदवारको विकल्पमा छलफल हुँदा हामीले अघि सारेका कतिपय स्वतन्त्र, प्रवुद्ध व्यक्तिहरू कांग्रेसको तर्फबाट उम्मेदवार बन्ने सम्भावना देखिएन। नेपाली कांग्रेससँगै आवद्ध व्यक्तिहरूको चर्चा हुँदा राधेश्याम अधिकारी लगायतका केही नाम छलफलमा आयो र हामीले तुलनात्मकताको कसीमा हेर्दा उनीहरूमध्ये कोहीलाई समर्थन हुनसक्ने बताएका थिए।

वास्तवमा हाल राष्ट्रिय सभामा अघि सारिएका उम्मेदवारहरूमध्ये समग्रतामा हेर्दा छवि, अनुभव र प्रवुद्धताका हिसाबले तुलनात्मक रुपमा राधेश्याम अधिकारी सक्षम छन् र भोलि राष्ट्रियसभामा विभिन्न जटिल विषयहरूलाई सूक्ष्म ढंगबाट केलाएर विवेकपूर्ण निर्णय लिनसक्ने क्षमता उनमा छ भन्ने हाम्रो विश्वास हो। यो देशका लागि अत्यन्त घातक ‘शिक्षा विधेयक’ ल्याइदा संसदमा पार्टीको निर्णयभन्दा विपरित गएर मतदान गर्ने तीनजना सांसदहरुमध्ये अधिकारी एक हुन् । केही समय अगाडि चर्चित लोकमानसिंह कार्की र शुशिला कार्कीमाथिको छुट्टाछुट्टै महाभियोग प्रकरणमा अधिकारीले खेलेको जनपक्षीय भूमिका र उनले संसदमा दिएका अभिव्यक्तिहरुको पनि यहाँ स्मरण गरिनु वान्छनीय भएको पनि विवेकशीलले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ