arrow

अवैध सखुवाको काठ सहित दुई युवा पक्राउ

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७४ माघ १२ शुक्रबार
kath1.jpg

पाँचथर ।  प्रहरीले पाँचथरको फिदिम नगरपालिका वडा नम्बर ४ स्थित जोरसालमा अवैध सखुवाको काठ सहित ट्रयाकटर चालक र सहचालकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पाँचथर साबिक मेमेङ ३ हाल फालेलुङ गाउपालिका ३ बस्ने  २२ वर्षिय चालक जीवन राई, सहचालक याङवरक ५ बस्ने बर्ष २१बर्षिय अनिल लिम्बु रहेका छन् ।

फिदिम बजार तथा आसपासका क्षेत्रमा अबैध काठ ओसारपोसार भइहेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएका प्रहरी टोलिले पक्राउ गरेको थियो ।

फिदिम नगरपालिका ४ स्थित माझीटारबाट फिदिम तर्फ आउदै गरेको मे १ त ४७१६ नं. को ट्याक्टर रोकी चेक जाँच गर्ने क्रममा उक्त ट्याक्टरमा लोड गरी राखेको सखुवा जातको खम्बा १६ थान ४४.१० क्यू फिट बरामद गरेको प्रहरी नायव उपरिक्षक बामदेव गौतमले जानकारी दिए ।

पक्राउ परेका उनीहरुलाई आवश्यक कार्बाहीका लागी जिल्ला वन कार्यालय पाँचथरमा बुझाईएको उनले वताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ