arrow

“सुबिसु क्यान ईन्फोटेक २०१६" आज वाट सुरु, प्रधानमन्त्रीले गरे उद्घाटन

द्रुत विकासका लागि सूचना प्रविधि अपरिहार्य प्रम ओली

logo
प्रकाशित २०७२ माघ १५ शुक्रबार
can-infotech.jpg.jpeg
काठमाडौँ । सूचना प्रबिधि क्षेत्रको सबैभन्दा ठुलो मेला  “सुबिसु क्यान ईन्फोटेक २०१६ ईन एशोसिएशन विथ हुवावे” आज वाट  प्रदर्शनी स्थल भृकूटीमण्डप  काठमाण्डौंमा सुरु भएको छ । सुबिसु क्यान ईन्फोटेक २०१६"  को उद्घाटन  प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए । सूचना प्रविधि मेलाको २२औँ संस्करण उद्घाटनको उक्त समारोहमा प्रधानमन्त्री ओलीले विश्वमा हासिल भएका नयाँनयाँ ज्ञान सीपका आधारमा विकासलाई उन्नत र व्यवस्थित बनाउन सकिने बताउँदै त्यसको प्रयोगमा नै हाम्रो विकासको गति निर्भर हुने बताए । मुलुक अब परम्परागत रुपमा अघि बढ्न नसक्ने बताउँदै प्रधानमन्त्रीले सरकारले सूचना प्रविधिलाई प्राथमिकतामा राखेर भरपुर प्रयोग गर्ने र अब विद्युतीय सरकारको अवधारणाअनुसार सरकारका सेवा प्रदान गरिनेमा जोड दिएका छन् । 
 
 
ओलीले मुलुकको द्रुततर विकास गर्न सूचना प्रविधिको प्रयोग अपरिहार्य रहेको बताउदै मुलकलाई अब आधुनिक बनाउन आवश्यक भइसकेको र त्यसका लागि सूचना प्रविधिको महत्वपूर्ण भूमिका रहेको धारणा व्यक्त गरे । एक फरक प्रसङ्गमा प्रधानमन्त्री ओलीले दक्षिणी सिमानामा कसैले अवरोध नगर्दा पनि आपूर्तिमा असहज भएको बताउँदै अब त्यो खुल्ने अवस्थामा पुगेको र छिट्टै खुल्ने जिकिर गरे । कार्यक्रममा क्यान महासङ्घका अध्यक्ष इन्जिनियर विनोद ढकालले सूचना सञ्चार प्रविधिको पहुँच ग्रामीण क्षेत्रमा नपुगेसम्म विद्युतीय नेपालको परिकल्पना साकार नहुने बताए। 
 
सुबिसु केबलनेट प्रालिका अध्यक्ष सुधीर पराजुलीले इन्टरनेट सेवाको महत्व र आवश्यकतालाई बुझेर इन्टरनेट सेवालाई अत्यावश्यक सेवाको सूचीमा राख्न सरकारसँग आग्रह गरे । क्यान महासङ्घका महासचिव विश्व बलामीले सूचना प्रविधिसम्बन्धी यस्ता मेलाले मुलुकमा सूचना प्रविधिको विकास र विस्तार गर्न मद्दत पुग्ने बताए । 
 
कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री शेरधन राई, विज्ञान तथा प्रविधिमन्त्री शिवलाल थापा, सूचना प्रविधि विभागका महानिर्देशक वीरेन्द्र मिश्र, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकालगायतको उपस्थिति थियो । सुबिसु केबलनेटको मुख्य प्रायोजन तथा हुवावेको सहप्रायोजनमा प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा आयोजित सो मेला यही माघ १५ देखि २० गतेसम्म चल्नेछ भने सो मेलामा सूचना सञ्चार प्रविधिसम्बन्धी १८० स्टल रहेका छन् । क्यानले सन् १९९२ देखि प्रत्येक वर्ष राजधानीमा सूचना प्रविधि मेलाको आयोजना गर्दै आएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ