arrow

रामेछापका पाण्डेले सगरमाथा आरोहण गर्ने

logo
दीपक भट्ट,
प्रकाशित २०७४ माघ १२ शुक्रबार
sagarmatha.jpeg

रामेछाप।  रामेछाप लिखु गाउँपालीका ७ का प्रकाश राज पाण्डेले एक्लैले सगरमाथा आरोहण गर्ने घोषणा गरेका छन् । विहिवार उनले जिल्ला सदरमुकाम मन्थलीमा पत्रकार सम्मेलनको आयोजना गरी आगामी चैत्रवाट विश्वको सबैभन्दा अग्लो चुचुरो सगरमाथाको आरोहण गर्ने घोषणा गरेका हुन् ।

 उनले पत्रकार सम्मेलन मार्फत रामेछाप जिल्लालाई पर्यटकिय जिल्लाको रुपमा स्थापीत गर्दै पर्यटनको अन्य सम्भावित क्षेत्रको समेत आफुले पहिचान गरिसकेकाले आरोहण पछि सिगों जिल्लालाई नै पर्यटकिय जिल्लाको रुपमा स्थापित गर्नै योजना रहेको समेत जानकारी गराए ।

सन् २०१६ अक्टोवर २२ मा सोलुखुम्वुको ६ हजार १ सय ६० मिटर अग्लो आइसल्यान्ड पिक नामक हिमालको सफल आरोहण गरेका उनले यसअघि लागंटाङको वाइट वान टावर स्काएरफिट नामको हिमाल पनि आरोहण गरिसकेका छन् । दुईवटा हिमाल आरोहणको सफल आरोहण वाट उत्साहित भएका प्रकाशले आफ्नो गाउँपालीका र सिगों जिल्लाका सवै गाउँपालिका र अन्य सहयोगीहरुको सहयोगमा सगरमाथाको सफल आरोहण गरेरै छाड्ने ठोकुवा गरे ।

यस अभियानमा आफ्नो लिखु गाउँपालीकाले ५ लाख  सहयोग गरिसकेको जानकारी गराउँदै अभियानमा आफुले जिल्लाका दुईवटा नगरपालीका ६ वटा गाउँपालिका र सवै सरकारी र गैरसरकारी नियकाहरुलाई समेत साथमा लिएर अघि वड्ने वताए । रामेछाप जिल्लाको नक्सा र नेपालको राष्ट्रिय चिन्हहरुको साथमा राष्ट्रिय झण्डा सहित अभियानमा सँगै लिएर जाने तयारी आफुले गरेको र आफ्नो आरोहणले सिगों जिल्लाको शिर उचो राखेरै छाड्ने दावी समेत पत्रकार सम्मेलनमा पाण्डेले गरे ।

लामो समयदेखी पर्यटन व्यवसायको सम्भावनालाई रामेछापमा पनि विस्तार गर्ने सोचाई सहित २६ वर्षिय पाण्डेले रामेछाप जिल्लाका नदीहरुमा वोटिगं संचालन जिल्लाका पहाडी भुभागमा साइक्लिगं संचालन र उच्च भुभागहरुमा प्यारागाइडीगं मार्फत पर्यटनको विकास गर्ने सम्भावना रहेको भन्दै त्यसलाई पूर्णरुपमा पालना गराउनको लागि आफु सगरमाथाको सफल आरोहण वाट फर्किएपछि सक्रियताका साथ लागि पर्ने वताए ।

अभियानमा प्यारागाइडिगंका संस्थापक रामेछापकै सानुवावु सुनुवारको पनि सहयोग रहने र उहाँ सँगैको सहकार्यमा जिल्लाको पर्यटन व्यवसायलाई संस्थागत रुपमा अगाढी वढाउने सोचमा आफु रहेको पनि उनले वताए । पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिदै उनले प्राविधिक कारणवश आफुले सगरमाथा आरोहण गर्न नसकेमा संकलित सवै रकम जिल्लाको आधिकारीक निकाय मार्फत पर्यटनको विकासमा लगानी गर्ने समेत विश्वास दिलाए । पत्रकार सम्मेलनमा वडा अध्यक्ष सुबाश वोहोरा लगाएतको सहभागीता रहेको थियो ।

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ