arrow

निर्वाचन आचारसंहिता लागु, मत संकेत गर्ने तरिका सिकाउन निर्देशन

logo
प्रकाशित २०७४ माघ १२ शुक्रबार
Election-Commission-hamrakura-3.jpg.jpeg

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले राष्ट्रियसभा सदस्य निर्वाचनमा मत बदर हुने अवस्था नआउने गरी राम्रोसँग मतदातालाई मत संकेत गर्न सिकाउन कर्मचारीलाई निर्देशन दिएका छन् ।

ललितपुरको गोदावरीमा शुक्रवार  आयोजित ‘राष्ट्रियसभा सदस्य निर्वाचनःमतदान र मतगणना’ विषयको प्रशिक्षणको उद्घाटन गर्दै उनले निर्वाचनमा एउटा मत बदर हुँदा १८ वा ४८ मतभार बदर हुने भएकाले जिल्ला जिल्लामा गएर मतदातालाई मत संकेत गराउने तरिका सिकाउन आग्रह गरे।

 उनले यही माघ २४ गते हुने निर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू भएकाले सरकार र सरोकार भएकाहरुबाट त्यसको पूर्ण पालना हुने विश्वास व्यक्त गरे ।

प्रशिक्षणमा आयोगका प्रवक्ता नवराज ढकालले स्थानीय तह र प्रदेशसभाका गरी दुई हजार ५६ मतदातालाई मत संकेत गर्न सिकाउनुपर्ने बताउँदै हरेक मतदातालाई राम्रोसँग मत संकेत गर्न सिकाएर बदर मतलाई न्यून गर्नुपर्नेमा जोड दिए । ललितपुरका प्रजिअ महादेव पन्थले राष्ट्रियसभा सदस्य निर्वाचन सफल बनाइने दृढता व्यक्त गरे।

प्रदेश नं ३ को राष्ट्रियसभा सदस्य निर्वाचन ललितपुरमा हुँदैछ । एकदिने उक्त प्रशिक्षणमा प्रदेश नं ३ र ४ का क्षेत्रीय निर्वाचन अधिकारी र जिल्ला निर्वाचन अधिकारी गरी २७ जनाको सहभागिता थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ