arrow

प्रथम बुद्धभूमी महोत्सव सूरु

आर्थिक समृद्धी अवको आवश्यकता : खनाल

logo
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७४ माघ १२ शुक्रबार
kapil_(2).jpg

कपिलवस्तु ।  बुद्धभुमी नगरपालिकाको इमिलियामा प्रथम बुद्धभुमी महोत्सव इमिलियामा सूरु  भएको छ  । मेलाको कपिलवस्तु क्षेत्र नं १ का सांसद चक्रपाणी खनानले उद्घाटन गरेका छन् । मेलाको उद्घाटन गदै खनालले अवको नेपालको आवश्यका भनेको आर्थिक विकास रहेको हुंदा आर्थिक विकास गरी सम्बृद्धि तर्फ लाग्न सबैको प्रयास जरुरी रहेको वताए ।

जनताले दिएको मत अुनुसार स्थिर सरकार वनाई विकासमा लाग्नुको विकल्प नभएको हुंदा वाम गठवन्धन मिलेर नै स्थिर सरकार बन्ने बताए । साथै खनालले जिल्लाको विकासको लागी स्थानीय स्रोत साधन परिचालन गरी समानुपातिक विकास तर्फ लाग्न सबै निकाय लाग्नु पर्ने हुंदा आफुले पहल समेत गर्ने बताए । उता प्रदेश सभा सदस्य धर्मबहादुरलाल श्रीवास्तले स्थानीन कला संस्कृतिको प्रवर्धनको लागी मेलाले योगदान पुर्याउने बताए ।

त्यस्तै प्रदेश सभा सदस्य दिर्घनारायण पाण्डेयले मेलामा स्थानीय स्रोत साधन तथा सम्भायहरुको खोजी गरेर अगाडी जानु पर्ने बताए ।

अर्का प्रदेश सभा सदस्य माला गोतामेले स्थानीय बुद्धभुमी नगरपालिकाकामा पहिलो पटक मेला लागेको हुंदा यसको निरन्तरता र कला संस्कृतिलाई उजागर गर्नु पर्ने बताइन ।

बुद्धभुमी नगरपालिकाका नगर  प्रमुख केशव कुमार  श्रेष्ठले बुद्धभूमी क्षेत्रको समग्र आर्थिक,सामाजिक, पर्यटकीय तथा सांस्कृतिक विकासको लागि महोत्सव संचालन गर्न लागिएको बताए । बुद्धभूमी नगरपालिकाको इमिलिया क्षेत्रमा संचालन गरिने महोत्सवबाट यस क्षेत्र मात्र नभई शिवराज, महाराजगंज, बाणगंगा, कपिलवस्तु नगरपालिकाको साथै अर्घाखाँचीको शितगंगा नगरपालिका कृषक, उद्यमी, व्यवसायी लाभान्वित हुने अपेक्षा आयोजकले लिएको छ ।

महोत्सवमा स्थानीय उत्पादन, कला संस्कृति, पर्यटन प्रर्बद्धन, आधुनिक कृषि प्रविधीको प्रस्तुती, अटोमोबाइल्सको प्रर्दशनी, साना उद्यम तथा हस्तकला प्रर्दशनी गरिने बताइएको छ । महोत्सवमा १ सय ५० स्टल रहने छन् भने रमाइलोका लागि विभिन्न खेल, डान्स आइडियल तथा  राष्ट्रिय तथा स्थानीय कलाकारको दैनिक प्रस्तुती रहने आयोजकले जनाएको छ ।

 महोत्सवको १० दिन अवधीभर १ करोड ५० लाख बराबरको कारोबार हुने अनुमान आयोजक पक्षले लिएको छ । यस क्षेत्रको पहिलो महोत्सव हुन गइरहेकाले यो महोत्सव बुद्धभूमी क्षेत्रको मात्र नभई समग्र कपिलवस्तुबासीको भएको आयोजक जनआर्दश सामाजिक विकास केन्द्रका अध्यक्ष श्याम बहादुर क्षेत्रीले बताए ।

 महोत्सवबाट आउने मुनाफालाई संस्थाले सामाजिक क्षेत्रमा खर्च गर्ने बताएको छ । माघ १२ गते देखि २१ गते सम्म मेला चल्लेछ ।  कमल अधिकारीको संचालन र नगर उप प्रमुख मिरा थाएको स्वागतमा उद्घाटन सत्र सम्पन्न भएको थियो । सो अवसरमा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मेघनाथ पाध्या वडा अध्यक्ष तेज बहादुर वस्नेत , व्यापार संघका माधव दोमासे लागयतले शुभकामना दिएका दिए । मेलाको उदेश्य माथी वडा अध्यक्ष खुमानन्द न्यौपानेले प्रकाश पारेका थिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ