arrow

माओवादी नेता देवेन्द्र पौडेल र सांसद टेक बहादुरलाई कुटे तुल्सीराम अर्यालले

को हुन तुल्सीराम अर्याल?

logo
नारायण रिजाल।
प्रकाशित २०७४ माघ १२ शुक्रबार
devendra-kutne-aryal.jpg

वागलुङ । बागलुङ प्रतिनिधिसभा २ बाट नवनिर्वाचित सांसद देवेन्द्र पौडेल र २ ख  प्रदेश सभा सदस्य टेकबहादुर घर्ति मगर कुटिएका छन् । 

बिहीबार राती ढोरपाटन नगरपालिका १ बुर्तिबाङ बजारस्थित मिराज होटलमा माओवादी केन्द्र आयोजक समितिका सदस्य तुल्सीराम अर्यालले माननीयद्वयलाई कुटपीट गरेका हुन । 

माननीयद्वयसँगै पौडेलका अंगरक्षकलाई समेत अर्यालले हात हालेका थिए । त्यस क्षेत्रका इमान्दार राजनीतिक छबि भएका अर्याल पार्टीले दिएको झुटा आश्वासन पछि रुष्ट थिए। 

२०७० मा माओवादीतर्फबाट थोरै मतले पराजित अर्याल यसपटक पनि टिकटका लागि सिफारिसमा परेपनि अन्तिममा फालिएका थिए । ‘ म आफ्नो स्वाभिमानमा छु । हामीलाई दास बनाउँदाको अभिव्यक्ति हो’, माननीयद्वलाई कुट्नुका कारण स्वीकार्दै अर्यालले भने ।

‘तुल्सीजीले लगाउनु भएको थियो’, आफूमाथि हातपात भएको मौन स्वीकृतिमा पौडेलले भने ‘म अहिले खरबाङ आइपुगेको छु ।’

‘निशी कार्यक्रमबाट होटल पुग्दासाथ तुल्सी सरले मलाई च्याप्पै समाउनु भयो । म बल्ल बल्ल फुत्किए  । त्यसपछि देवेन्द्र दाइलाई छातिमा समएर पिटन लागेपछि म भागें’, घर्ति मगरले भने ‘सुनसान भएपछि मात्रै होटल मिराजमा पुगें ।’

अर्याललाई भेटन माननीयद्वय बिहानै उनको निवास पुगेका थिए । तर, अर्याल बिहानै उनकै बालुवाखानी पाखुट्टेमा रहेको बताए । ‘म बिहानैदेखि पाखट्टेमै छु’, अर्यालले भने ।

माओबादी केन्द्रमा जिल्लाकै प्रभावशाली छवि बनाएका अर्याल २०७० सालको चुनावमा उम्मेदवार थिए । तर उनी थोरै मात्र मतले पराजित भएका थिए । यो पल्टको चुनावमा उनकै क्षेत्रमा पौडेलले टिकट पाएका कारण अर्याल उम्मेदवार बन्न पाएका थिएनन् । 

पार्टी छाडेर नयाँ शक्तिमा लागेको र पछि फेरि माओवादीमा फर्केर पनि पौडेलले नै टिकट पाएकोमा अर्याल असन्तुष्ट थिए । असन्तुष्ट रहँदा रहँदै पनि अर्यालले वाम गठबन्धनका उम्मेदवारलाई जिताउन लागि परेका थिए ।

घटनाको बारेमा एककान दुईकान हुँदै हल्ला भएपछि माओवादी वृत्तमा यसले निकै चर्चा पाएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ