arrow

मदन भण्डारी गोल्डकपको उपाधि थ्री स्टारको पोल्टामा, मनाङ निराश

logo
प्रकाशित २०७४ माघ १३ शनिबार
football-winner.JPG

इटहरी । मनाङ–मस्र्याङदी क्लबलाई १–० ले पराजित गर्दै यहाँ सम्पन्न मदन भण्डारी मेमोरियल इटहरी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधि थ्री स्टार क्लबले जितेको छ ।

मदन भण्डारी फाउण्डेशनको सहयोगमा राष्ट्रिय जागृति क्लब इटहरीको आयोजनामा शनिबार भएको फाइनल खेलमा थ्री स्टारले ३७ औँ मिनेटमा बुद्ध चेम्जोङको गोलबाट अग्रता लिएको थियो । विमल घर्तीमगरको पासमा चेम्जोङले गोल गरेका थिए ।

निकै प्रतिष्पर्धात्मक बनेको उक्त खेलमा त्यसपछि गोल हुन सकेन र थ्री स्टारले उपाधिमाथि कब्जा जमायो । उपाधिसँगै थ्री स्टारले रु १२ लाख हात पारेको छ ।

झण्डै दुई वर्षसम्म फुटबल खेल मैदान बाहिर रहेको थ्री स्टारले आफ्नो क्लबको लोगोमा पहिलोपटक प्रदेश १ को खेलकुद सिटीको घोषणाको पूर्वसन्ध्यामा आकर्षक इटहरी रङ्गशालामा भाग लिँदै यतिधेरै राशिको पुरस्कारमाथि बाजी मार्यो भने क्लबबाट खेलिरहेका खेलाडीहरूले व्यक्तिगत आर्थिक लाभका नगद पुरस्कारहरू समेत प्राप्त गर्दै एक दिनअघि सञ्चारकर्मीसँग गरेको उपाधि जित्ने घोषणाको दाबी सफल पार्यो ।

प्रतियोगितामा थ्री स्टारका अनन्त तामाङले प्रतियोगिताका सर्वोत्कृष्ठ खेलाडी घोषित बन्दै रु २५ हजार र ४२ इन्चको कलर टेलिभिजन प्राप्त गरेका छन् ।

त्यसैगरी सोही क्लबका प्रशिक्षक मेघराज केसीले उत्कृष्ठ प्रशिक्षकको उपाधिसहित रु २० हजार प्राप्त गरे ।

यसैगरी थ्री स्टारकै गोलरक्षक एलेन न्यौपानेले उष्कृष्ठ गोल रक्षकको उपाधिसहित रु २० हजार प्राप्त गरे भने अजय मार्टिनले उत्कृष्ट मिकफिल्डर घोषित हुँदै रु २० हजार प्राप्त गरेका छन् ।

उपविजेता मनाङले रु पाँच लाख हात पा-यो । त्यसैगरी सोही क्लबका तर्फबाट सुजल श्रेष्ठले सर्वाधिक गोलको उपाधिसहित रु १५ हजार प्राप्त गरे भने मिडफिल्डरतर्फ मनाङका हेमन गुरुङले रु २० हजार र राइजिङ्ग प्लेयरतर्फ आयोजक राजा क्लबका खेलाडी विजय राई घोषित हुँदै रु १० हजार प्राप्त गरे ।

विजेता तथा उपविजेता टोलीलाई राष्ट्रिय खेलकुद परिषद् ९राखेप०का सदस्य–सचिव केशवकुमार विष्टले शिल्ड र उपाधि प्रदान गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ