arrow

ओली पनि गए भारतीय दूतावासको कार्यक्रममा 

logo
प्रकाशित २०७४ माघ १३ शनिबार
Oli-Bidhya.jpg

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि भारतीय राजदूतावासको कार्यक्रममा गएका छन् । शुक्रबारको कार्यक्रममा सहभागी नभएका ओली शनिबार राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथि भएको कार्यक्रममा सहभागी भएका हुन् । 

 भारतको ६९ औँ गणतन्त्र दिवसका अवसरमा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । नेपालका लागि भारतीय दूतावास, काठमाडौँ र इन्डियन कल्चरल सेन्टरद्वारा यहाँ शनिबार आयोजित सो समारोहको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरिन् । 

समारोहमा नेकपा (एमोल) का अध्यक्ष केपी शर्मा ओली, विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक नियोगका प्रमुखलगायतको उपस्थिति थियो । कार्यक्रममा भारतीय कलाकारले हिन्दी र नेपाली गीत प्रस्तुत गरेका थिए । रासस


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ