arrow

नेता दुतावासको कार्यक्रममा, नेपाली भुमिमै आएर रोक्यो एसएसबीले सडक बनाउन

logo
दीपेन्द्र बस्नेत ।
प्रकाशित २०७४ माघ १३ शनिबार
ssb-hurdle-road-construction-kanchanpur.jpg

बेलौरी । नेपाल भारत सीमा क्षेत्रमा निरन्तरको बिवाद खेप्दै आएको कञ्चनपुरको दक्षिणी भेगको बेलौरी नगरपालिकाको सडकघाटमा नेपाली पक्षले निर्माण शुरु गरेको सडकको कार्य भारतीय सीमा सुरक्षा बल एसएसबीले रोक लगाएको छ । 

जिल्लाको दक्षिणी भेगको पुनर्वासको आनन्दबजार स्थित नेपाल भारत सीमा क्षेत्रको बिवादको घटनाको वर्ष दिन नपुग्दै बेलौरी नगरपालिकाको सडकघाटमा फेरि अर्को बिवाद शुरु भएको छ ।

बेलौरी नगरपालिका १० स्थित सडकघाट देखि सीमावर्ती भारतीय गाउँ कम्पोजनगर जाने सडक नगरपालिकाको बजेटमा माटो भरानको काम हुँदै गर्दा भारतीय सीमा सुरक्षा बल एसएसबीले निर्माणमा शनिबारदेखि रोक लगाएको हो । 

नेपाल भारत सीमा स्तम्भ नम्बर ३४ देखि करिब ५०० मिटर पश्चिम तर्फ निर्माण हुँदै गरेको सडकको काम दशगजा क्षेत्रमा पर्ने भन्दै एसएसबीले निर्माणमा रोक लगाएको हो । 

नगरपालिकाको बजेटमा निर्माण हुँदै गरेको उक्त सडक नेपाली भुमिमै पर्ने भए पनि संयुक्त सीमा सर्वे टोलिले सीमा नछुट्याएसम्म निर्माण कार्य नगर्न भन्दै भारतीय पक्षले निर्माणकार्य रोकेको हो । बेलौरी नगरपालिकाको ८ लाख र स्थानीयको १लाख ६० हजारको लागतमा उक्त सडकको निर्माण कार्य शुरु भएको थियो । 

नेपाली पक्षले आफ्नै भुमिमा सडक बनाउन लाग्दा रोक्न खोज्नु एसएसबीको दादागिरी हो भारतीयहरुले दशगजा मिच्दा पनि नदेख्ने तर नेपालीले आफ्नै क्षेत्रमा सडक बनाउदा रोक्नुको अर्थ सीमा अतिक्रमणको प्रयास भएको बेनपा १० सडकघाटका स्थानिय कालू चन्दले बताए । 

नेपाल भारतको वास्तविक दशगजा निर्माणाधीन सडक भन्दा झण्डै ५०० मिटर दक्षिण तर्फ भए पनि सो स्थानबाट धेरै वर सडक बनाउदा रोक लगाउन खोज्नु अनुचित र अतिक्रमणको प्रयास भएको सटकघाटका स्थानिय बिबेक लम्सालले बताए । 

उक्त स्थानमा देखिएको बिवादको खबर पाएर बिवादित क्षेत्रमा पुगेका सशस्त्र प्रहरीको सिमा सुरक्षा बल बेलौरीका सशस्त्र प्रहरी निरीक्षक भिमसिह थापा खबर पाउना साथ उक्त क्षेत्रमा पुगेको र भारतीय सीमा सुरक्षा बल एसएसबीले यहाँको सीमा बिवाद हल गर्न खटिएको संयुक्त सीमा सर्वे टोलिले सिमाङ्कनको टुंगो नलगाएसम्म निर्माण नगर्न भने पछि निर्माणको काम अन्यौल बनेको बताए।

नेपाली नेताहरु भारतीय स्वतन्त्रता दिवसको कार्यक्रममा एकपछि अर्को गर्दै सहभागि भइरहेका बेला भारतीय सुरक्षा बल भने सीमा दादागिरीमा उत्रिएको भन्दै सीमाका स्थानियहरु भने आक्रोशित छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ