arrow

सुबिसुले “सुबिसु क्यान ईन्फोटेक २०१६" को अवसरमा ल्यायो ग्रयान्ड अफर

logo
प्रकाशित २०७२ माघ १५ शुक्रबार
Subisu.jpg.jpeg
काठमाडौ । सुबिसु केवलनेट(प्रा.) लि ले “सुबिसु क्यान ईन्फोटेक २०१६" का  अवसरमा आफ्ना ग्राहकहरुका समक्ष “ग्रयान्ड अफर” ल्याएको छ  । यस योजना अन्तर्गत कम्पनीले नयां रिटेल ग्राहकका लागि इन्टरनेट र क्लियर टिभि  सेवामा ३ आकर्षक प्याकेजहरु ल्याएको हो  । प्याकेजहरु क्रमश क्लियर टिभि अफर, केबल इन्टरनेट क्लियर टिभि कम्बो अफर र एफटिटिएच इन्टरनेट क्लियर टिभि कम्बो अफर रहेका छन् ।
 
 
कम्पनिले क्लियर टिभि अफरमा क्लियर टिभि सेटप बक्स नि शुल्क दिने जनाएको छ । साथै केबल इन्टरनेट क्लियर टिभि कम्बो अफरमा नि शुल्क केबल मोडेम  क्लियर टिभि सेटप बक्स दिइनेछ । एफटिटिएच इन्टरनेट क्लियर टिभि कम्बो अफर अन्तर्गत ग्राहकले  नि शुल्क फाइवर मोडेम, क्लियर टिभि सेटप बक्स र टिभि रिसिभर पाउनेछन् । 
 
 अफरका प्याकेजहरु रु.३९९९ देखि रु.९९९९ सम्मका रहेका छन् । साथै कम्पनीले आफ्ना र्वतमान   इन्टरनेट तथा केबल टिभि ग्राहकहरुका लागि पनि लोयालिटि अफर ल्याएको छ । यी अफरहरु  “सुबिसु क्यान ईन्फोटेक २०१६"  मेला अवधिभरी मात्र  शर्तहरु लागु हुने कम्पनिले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ