arrow

धनकुटालाई प्रादेशिक राजधानी बनाउन के-के हुदैछ कसरत ?

धनकुटामै गएर बार्ता गर्ने

logo
प्रकाशित २०७४ माघ १४ आइतबार
dhankuta1.jpg

काठमाडौं ।  प्रदेश प्रमुख, मन्त्री तथा सांसदहरु र राजनैतिक दलहरुका नेताहरुले धनकुटालाई  प्रदेश १ को राजधानी बनाउन पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।  आइतवार काठमाडौंमा आयोजित कार्यक्रममा उनिहरुले धनकुटामानै गएर आन्दोलनरत पक्षसंग बार्ता गर्ने बताएका हुन् ।

 प्रादेशिक राजधानी धनकुटा अभियान समितिले आइतवार काठमाडौंका हार्दिक होटलमा आयोजना गरेको १ नम्वर प्रदेशको स्थायी प्रादेशिक राजधानी विषयक कार्यक्रममा १ नम्वर प्रदेशको राजधानी धनकुटा  बनाउन उनिहरुले आफ्नो तर्फबाट संविधानले दिएको अधिकार र सिमा रहेर र सहजिकरण र सहयोग गर्ने वताए ।

सो अवसरमा उद्योग मन्त्री सुनिल वहादुर थापाले सवै किसिमले उपयूक्त रहेको धनकुटालई १ नम्वर प्रदेशको राजधानी बनाउन कुनै कसुर बाकी नराखि सक्रिय हुने वताए ।

कार्यक्रममा धनकुटा क्षेत्र नं. १ का प्रदेश सभा सांसद निरन राई,इन्द्रमणी पराजली,पूर्व सांसद मनोहर नारायण श्रेष्ठ र नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले धनकुटालाई राजधानी बनाउने आधार पत्र र सरकारले अन्याय गरेको विषयमा कार्यपत्र तथा विषय पत्र प्रस्तुत गरेका थिए ।

उनिहरुले आन्दोलन भैरहेको क्षेत्र धनकुटामानै गएर वार्ता गर्नु पर्ने, धनकुटाको भौतिक संरचनाको वारे गलत र षडयन्त्र पूर्वक सिफारिस गरेकोले त्यसलाई प्रतिनिधि मण्डल पठाएर पुन पठाउनु पर्ने बताए  । धनकुटाकामा पनि प्रदेश सभाको बैठक गर्नु पर्ने , आन्दोलनबाट भएको क्षती सरकारले व्यर्होनु पर्ने र धनकुटालाई स्थायी राजधानी बनाउनु पर्ने माग प्रस्तुत गरेका थिए ।

सो अवसरमा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामांङ, नेपाली कांग्रेस धनकुटका सभापति अग्नी प्रसाद पौडेल, चौविसे गाउपालिकाका उपाध्यक्ष यज्ञ कुमारी रुचाल,राप्रपाका उपाध्यक्ष टिका प्रसाद घिमिरे, नेकपा एमाले धनकुटका सचिव सुरेन्द्र पौडेल,नेकपा माओवादी केन्द्रकी नेताा गिता खेवा लिम्बु,प्रध्यापक गोपाल अधिकारी,अभियान्त तथा विष्लेसक विदुर सुवेदी, अभियान्तहरु विर वहादुर खतिवडा,रामजी कोङरेन,नारायणबाबु तिम्सिना,दुर्गा पुरी,व्यावसायी विकास अधिकारी, लगायतले धनकुटालाई सरकारले प्रदेश नम्वर १ को प्रदेश प्रमुखको मुकाम नतोकेर अन्याय गरेकोले अव जसरी भए पनि स्थायी प्रादेशिक राजधानी बनाउन लाग्नु पर्नेमा जोड दिएका थिए ।

 कार्यक्रममा र पछि आयोजित बार्तामा धनकुटामानै गएरआन्दोलनरत पक्षसंग अभिलम्ब वार्ता गर्ने र त्यसका लागी बातारण बनाउन सरकारसंग कुरा गर्ने र सवैले  सहयोग गर्ने सहमती भएको समितिले जनाएको  छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ