arrow

कमल थापा भन्छन्–पार्टी हार्दैमा हिन्दु राष्ट्र गयो नठान्नुस्

logo
प्रकाशित २०७४ माघ १४ आइतबार
kamal-thapa-1.jpg.jpeg

विराटनगर । उपप्रधानमन्त्री एंव राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले निर्वाचनमा पार्टीले हार व्यहोर्नु परेको भन्दैमा जनताले हिन्दु राष्ट्रको एजेण्डालाई अस्वीकार गरको भन्न नमिल्ने बताएका छन् ।

विराटनगरमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, ‘राजनीतिमा हारजित भइरहने कुरा हो ।  निर्वाचनमा राप्रपाले हार व्यहोर्दैमा जनताले हिन्दू राष्ट्रको एजेण्डालाई अस्वीकार गरेको भन्न मिल्दैन ।’

उपप्रधानमन्त्री थापाले पार्टी विभाजनमा देशी विदेशी शक्तिले चलखेल गरेको बताए । देशी–विदेशी शक्तिको इशारामै पार्टी विभाजन भएको उनको भनाई छ ।

उनले ९४ प्रतिशत सनातन धर्मावलम्वी रहेको देशमा अहिलेपनि जनमत संग्रह गराए ८० प्रतिशत जनताको हिन्दू राष्ट्रको पक्षमा मत आउने उनको जिकिर छ ।

थापाले संघीय र प्रदेशको निर्वाचन सम्पन्न भएसँगै संविधान कार्यान्वयनको चरण प्रारम्भ भएकाले अब सबै मिलेर समवृद्धिको एजेन्डालाई कायम गर्नुपर्नेमा जोड दिए ।

उनले निर्वाचनको पुर्वसन्ध्यामा भएको पार्टी विभाजन, कांग्रेससँग गरिएको सहकार्यमा कांग्रेसले इमान्दारिता नदेखाएको र पार्टीका विषयमा ग्रामिण तहसम्म पुगेको भ्रमका कारण राप्रपाले हार व्यहोर्नुपरेको उनको तर्क छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ