arrow

भाडा तिर्नेहरुलाई काठमाडौं विश्वमै सबैभन्दा सस्तो, ७ वर्षसम्म एउटै स्थानमा 

logo
प्रकाशित २०७४ माघ १४ आइतबार
clean-kathmandu.jpg.jpeg

काठमाडौं । बहाल तिर्ने हिसावले हेर्दा दुनियाका अन्य देशहरुको तुलनामा नेपाल विश्वको सबैभन्दा सस्तो मुलुकको रुपमा सूचीत भएको छ । जर्मनीमा स्थित एक बैंकले गरेको अध्ययनले १ सय १२ मुलुकमा गरेको एक सर्वेक्षणमा बस्नको लागि भाडाको हिसावले विश्वको सबैभन्दा सस्तो मुलुकको रुपमा सूचित गरिएको छ। यो सूचकांक सन् २०१२ देखि २०१८ सम्म नै भाडाको हिसावले संसारको सबैभन्दा सस्तो मुलुकको रुपमा नेपाल सूचीत हुदै आएको छ। सर्वेक्षण जर्मनी स्थित डोएश बैंकको रिपोर्टमा देशको चार प्रमुख मानको आधारमा सूचकांक तयार पारिएको हो। 

सो बैंकले आधार मानेको ४ सूचकांक मध्ये नेपाल एउटा सूचकांकमा पहिलो स्थानमा रहेको हो भने समग्रमा नेपालको स्थान २८ औं स्थानमा रहेको छ। सो बैंकले सर्वेको लागि नामिवियाबाट अनलाईन डाटाबेस जुटाएको थियो। सोहीको आधारमा सर्वे गरिएको बैंकले जनाएको छ। सर्वेमा लोकल पर्चेजिंग पावर इन्डेक्स, रेन्ट इन्डेक्स, ग्रोसरीज इन्डेक्स तथ कन्ज्युमर प्राइस इन्डेक्सलार्इ आधार मानेर अनलार्इनमा आकडा जुटार्इएको थियो।  

दर सूचकांक (रेन्ट इन्डेक्स) को आधारमा रहनको लागि दुनियाँको ५० सबैभन्दा सस्तो देशमा भारत दोस्रो नम्बरमा परेको छ। भारत भन्दा माथि अर्थात्  सबैभन्दा सस्तो मुलुकमा नेपालको समेत नाम जोडिएको छ। उपभोक्ता सामान तथा ग्रोसरीको मूल्यको हिसावले भारत सबैभन्दा सस्ता देशको रुपमा सूचित भएको छ। कोलकाता शहरमा २८५ डलर मासिक खर्चमा एक व्यक्ति आफ्नो बस्न सक्दछन्। सर्वेक्षणको हिसावले भारतमा प्रमुख उद्योग कपडा, रसायन तथा खाद्य प्रसंस्करण रहेको छ। 

यसका अलावा भारतको कै‌यौं देशमा पर्चेजिङ पावर समेत बढी रहेको छ। सर्वेका अनुसार भारतीय स्थानीय क्रयशक्ति २० रुपैयाँ सस्ती रहेको छ। त्यस्तै, पाकिस्तान यस सूचीमा १२ औ स्थानमा परेको छ। यसका अलावा कोलम्बिया १३ औं स्थानमा बङ्ग्लादेश ४० औ स्थानमा रहेको छ। यो सर्वेको आधार मूल्य अमेरिकाको न्यूयोर्क शहरको आधारमा मानिएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ