arrow

नेपाली क्रिकेटको विवाद समाधान गर्न निगरानी समिति गठन गर्न आइसीसीको प्रस्ताव 

logo
प्रकाशित २०७४ माघ १५ सोमबार
ICC-and-CAN.jpeg.jpeg.jpeg

काठमाडौं । अन्तर्राष्ट्रिय  क्रिकेट परिषद आइसीले नेपाली क्रिकेटको विवाद समाधानका लागि निगरानी अथवा जाँच समिति गठन गर्न प्रस्ताव गरेको छ ।

नेपाली क्रिकेटसँग सरोकार राख्ने पक्षहरुसँग छलफल गर्न काठमाडौं आएको आईसीसी टोलीले ५ सदस्यीय निगरानी समिति गठन गर्ने प्रस्ताव गरेको हो ।

आईसीसीका कार्यवाहक प्रमुख ईमरान ख्वाजा, विकास अधिकारी विलियम ग्लेनराईट र अमर शेखको टोलीले गरेको प्रस्ताव अनुसार ५ सदस्यीय निगरानी समितिमा आईसीसीका तर्फबाट तीन जना सदस्य रहनेछन् ।

निर्वाचित नेपाल क्रिकेट संघ क्यानको तर्फबाट एक तथा राष्ट्रिय खेलकुद परिषद राखेपको तर्फबाट एक जना सदस्य रहनेछन् ।

निगरानी अथवा जाँच समितिलाई चतुरबहादुर चन्द नेतृत्वको निर्वाचित क्यानले अनुमोदन गर्नुपर्नेछ । अब बन्ने निगरानी समितिले क्यानको नयाँ विधान अनुसार जिल्ला, क्षेत्र हुँदै केन्द्रसम्मको चुनाव गराउने जिम्मेवारी पाउनेछ ।

निर्वाचित क्यानले यसअघि आईसीसीले स्विकृत गरेको विधान आफूखुशी संशोधन गरी सम्पन्न गराएको जिल्ला निर्वाचन स्वतः खारेज हुने बताइँदै छ । आइसीसी टोलीले सोमबार सरकारी प्रतिनिधिहिरुसँग पनि छलफल गरेपछि अन्तिम निष्कर्ष निस्किने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ